रक्तदानको जागरुक्ता फैलाउँदै किरण वर्मा आइपुगे सिक्किम

n57192340817045502161993aef67c70c45d53e0c869f2d1d39fb7bae76510ebd7e5f6dab2ba5efd7afb59a.jpg

गान्तोक: रक्तदानका लागि देशभरी जागरुकता प्रदान गर्न २१ हजार किलोमिटरको पैदल यात्रामा निस्किएका किरण वर्मा सिक्किम आइपुगेका छन्। ३१ दिसम्बर, २०२५ पछि देशका कोही पनि नागरिक रगत नपाएर मर्नु नपरोस् भन्ने उद्देश्य राखेर देशव्यापी जागरुकता फैलाउनु आफ्नो उद्देश्य रहेको उनले बताएका छन्।

शनिवार गान्कोमा पत्रकारहरूसित कुराकानी गर्दै किरण वर्माले रक्तदानबारे जागरुकता फैलाउनु सबै नागरिकको कर्तव्य रहेको बताए। उनले आफ्नो पैदल यात्रा २८ दिसम्बर, २०२१ देखि केरलबाट शुरु गरेका थिए भने अहिलेसम्म १८ राज्यको यात्रा पुरा गरेका छन्।

सिक्किम आइपुगेका उनले राज्यका तीन जिल्लामा ब्ल्ड ब्याङ्क नभएको पाएको बताउँदै मुख्यमन्त्रीसँग भेट गरेर तीन जिल्लामा ब्ल्ड ब्याङ्कको स्थापना साथै रक्तदान बारे जागरुकताको आनुरोध गर्ने बताए। दिल्ली निवासी किरणले आफूले गर्दै गरेको नोकरी छोडेर रक्तदान बारे जागरुकता शुरु गरेको बताएका छन्।

About Author

Advertisement