तृणमूल कार्यकर्ताहरूको हमलामा ईडीका सहायक अधिकारीको टाउको फुट्यो

कोलकाताः राशन भ्रष्टाचार मामिलामा संदेशखालीमा तृणमूल नेताको घरमा गरिएको तलाशी अभियानमा ईडी अधिकारीहरूमाथि तृणमूल कार्यकर्ताहरूको हमला हिंसक भएको छ। हमलामा ईडीका सहायक अधिकारीको टाउको फुट्यो, जसलाई अस्पतालमा भर्ती गराउनुपऱ्यो। हमलामा अझ् दुई अधिकारी घाइते भएका छन्।

ईडी सूत्रहरू अनुसार, टाउकोमा चोट लाग्दा घाइते अधिकारीलाई निजी अस्पतालमा भर्ती गराइएको छ। ईडी सूत्रहरू अनुसार, सन्देशखालीमा घाइते तीन अधिकारीहरूमध्ये एक सहायक निदेशक राजकुमार राम हुन्। उनी जाँचको निम्ति अन्य राज्यबाट ल्याइएका हुन्। अस्पतालमा उनको सीटी स्केन गरिनेछ। अन्य दुई घाइते अधिकारीहरूको पहिचान अंकुर र सोमनाथ दत्ताको रूपमा गरिएको छ।

ईडीका पाँच अधिकारीहरूको टीमले शुक्रवार बिहान लगभग ७.३० बजी त्तर २४ परगनाको सन्देशखालीस्थित तृणमूल नेता शाहजहाँ शेखको घरमा छापा मारे। उनको सुरक्षाको निम्ति त्यहाँ केन्द्रिय बलहरूका जवानहरू पनि उपस्थित थिए। स्थानीय सूत्रहरू अनुसार, जब उनीहरूले सरबेरिया गाउँमा शाहजहांको घरतिर जाने प्रयास गरे तब तृणमूल कांग्रेस कार्यकर्ताहरूको एक वर्गले उनीहरूलाई रोक्यो।

ईडी अधिकारीहरूले तृणमूल नेताको घर सामू आवाज लगाए तर भित्रबाट कुनै जवाफ आएन। यसपछि उनीहरूले ताड़ा फुटाउने प्रयास गरे। त्यस मय उनीहरूलाई घेरेर तृणमूल कार्यकर्ताहरूले चौतर्फी हमला शुरू गरेको आरोप छ। मीडियाकर्मीहरूक गाड़ीहरू पनि फुटाइयो। जसपछि ईडी अधिकारीहरूलाई ज्यान बचाएर भाग्न पऱ्यो। यही अवधि ईटा-ढुंगाको हमलामा तीन अधिकारी घाइते भए।

-हिस

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *