डे-नाइट भलिबल टूर्नानेन्ट हुने

IMG-20230528-WA0320-5-300x172-2

कालचिनीः आगामी ७ जनवरीको दिन अपरान्ह २ बजीदेखि अच्छापाड़ा खेल मैदानमा एक दिवसीय डे-नाइट भलिबल टूर्नानेन्ट सम्पन्न हुने जानकारी अच्छापाड़ा डेभलेपमेन्ट यूथ क्लबको सभापति विजय थुलुङ राईले दिएका छन्। प्रायः १० वटा भन्दा अधिक टीमहरूबीच रोमान्चक खेल हुने र यसको निम्ति युद्धस्तरमा तयारी चलिरहेको आयोजक अच्छापाड़ा यूथ डेभसपमेन्ट क्लबको सदस्यहरूले जनाएका छन्।
खेलको आयोजना मूलतः युवाहरूमा शारीरिक स्फूर्ति राख्न औ युवा जमातलाई नशाको कुलतबाट छुट्याउने उद्देश्य लिएर गरिएको खेल सचिव राकेश राईले जनाएका छन्। उक्त दिन सम्पूर्ण तप्कामा रहेका प्रतिनिधिहरूलाई निम्त्याउने अच्छापाड़ा यूथ डेभसपमेन्ट क्लबको अध्यक्ष विजय थुलुङ राईले जनाएका छन्।

About Author

Advertisement