कोलकाताः केन्द्रिय वाणिज्य औ उद्योगमन्त्री पीयूष गोयल ०६ जनवरीको दिन एक सरकारी कार्यालय भवनको उद्घाटन गर्न तथा जूट मिल र चिया बोर्डका प्रतिनिधिहरूसित भेट गर्नका लागि कोलकाता आउने भएका छन्। यस आशयको जानकारी सम्बन्धित अधिकारीहरूले शुक्रवार दिएका छन्। केन्द्रिय वाणिज्य औ उद्योगमन्त्री पीयूष गोयल ‘पटसन भवन’- को उद्घाटनको निम्ति यहाँ आइरहेका छन्। यस भवनमा जूट आयुक्तको कार्यालय अनि भारतीय जूट निगम तथा राष्ट्रिय जूट बोर्डको मुख्यालय स्थापना गरिनेछ। तीनैवटा संस्था उनको मन्त्रालयको अधिनमा पर्दछन्।
कार्यक्रम अनुसार भवनको उद्घाटन गरेपछि मन्त्रीले जूट मिल अनि चिया बोर्डका प्रतिनिधिहरूसित बैठक गर्ने आशा छ। दुवै बैठक न्यू टाउनस्थित एक होटलमा सम्पन्न हुनेछ। सूत्रले बतायो, प्रस्तावित बैठक अवधि मिलका प्रतिनिधिहरूले सरकारद्वारा खरिद गरिएको जूट उत्पादहरूको मूल्य निर्धारणमाथि ट्यारिफ आयोगको सिफारिस लागू गर्ने माग गर्न सक्नेछन्। केन्द्रियमन्त्रीको त्यै दिन एक पुस्तक विमोचन कार्यक्रममा सामेल हुने कार्यक्रम पनि रहेको छ। कोलकाताको पूर्वी किनारमा राजारहाट, न्यू टाउनस्थित ‘पटसन भवन’ एक बहुतले भवन हो जसको निर्माण लगभग ७० करोड़ रुपियाँको लागतमा गरिएको छ।
-हिस