नयाँ दिल्ली: प्रधानमन्त्री नरेन्द्र मोदीको अध्यक्षतामा केन्द्रिय मन्त्रीमण्डलले शुक्रवार अयोध्या हवाईअड्डालाई अन्तरराष्ट्रिय हवाईअड्डा घोषणा गर्न तथा यसको नाम ‘महर्षि वाल्मीकि अन्तरराष्ट्रिय हवाईअड्डा, अयोध्याधाम’ राख्न प्रस्तावलाई स्वीकृति दिएको छ।
एक आधिकारिक विज्ञप्ति अनुसार अयोध्याको आर्थिक क्षमता औ वैश्विक तिर्थ स्थलको रूपमा यसको महत्वलाई बुझेर, विदेशी तिर्थयात्री एवं पर्यटकहरूको लागि ढोका खोल्न अयोध्या हवाईअड्डालाई अन्तरराष्ट्रिय हवाईअड्डाको दर्जा दिनु सर्वोपरि छ। ‘महर्षि वाल्मीकि अन्तरराष्ट्रिय हवाईअड्डा, अयोध्याधाम’ नामले महर्षि वाल्मीकिलाई श्रद्धाञ्जलि दिन्छ, यी ऋषिले महाकाव्य रामायणको रचना गरे जसले गर्दा हवाईअड्डाको पहिचानमा एक सांस्कृतिक स्पर्शलाई जोड़िएको हो।
आफ्नो गहिरो सांस्कृतिक जड़ सहित अयोध्या रणनीतिक रूपले एक प्रमुख आर्थिक केन्द्र औ तिर्थ स्थलको रूपमा स्थापित हुने स्थितिमा पुगेको छ। अन्तरराष्ट्रिय तिर्थयात्री एवं व्यवसायहरूलाई आकर्षित गर्ने हवाईअड्डाको क्षमता शहरको ऐतिहासिक प्रमुखता अनुरूप छ।