बेग्लै सोनादा खण्डको लागि अफिसियल कार्य शुरू

IMG-20240105-WA0186.jpg

सुखे खण्डको सबै ग्राम पञ्चायतबाट समर्थनको लागि भागोप्रमोद्वारा आभार

सोनादा: बेग्लै सोनादा खण्ड बनाउने कार्य अफिसियल रूपमा चलिरहेकोले सुखे पोखरी खण्ड अन्तर्गत पर्ने १६ वटै ग्राम पञ्चायतहरूका निर्वाचित पञ्चायत प्रधान र पञ्चायत समितिको निर्वाचित सदस्य सदस्याहरूले पनि यस मुद्दालाई समर्थन जनाएकोमा भागोप्रमो सोनादा पचेङ समष्टीले धन्यवाद दिएका छन्। भागोप्रमो सोनादा पचेङ समष्टीको पक्षमा आज पत्रकार सम्मेलन बोलाएर भागोप्रमो केन्द्रीय सदस्य सुमन बम्जन, सोनादा पचेङ समष्टीको मूल सचिव सुकदेव राई, सुके खण्डको उपाध्यक्ष मनकुस राई, सांगठनिक सचिव अञ्जान राई र प्रचार प्रसार सचिव सलिम लोहार आदिले पत्रकार सम्मेलन बोलाएर यस कार्यको लागि धन्यवाद दिएका छन्। यस विषयमा पत्रकारहरूसित कुराकानी गर्दै भागोप्रमो केन्द्रीय सदस्य सुमन बम्जनले बेग्लै सोनादा खण्ड विषयमा पहिलादखि नै पहल भए पनि जीटीए प्रमुख अनित थापाले सठीक रूपमा सरकार समक्ष पुराएको कारणले केही दिन अघि मात्र पीएनआरडीबाट खण्डमा पत्र आएपछि सुखे पोखरी खण्डको १६ वटा ग्राम पञ्चायतको सबै पञ्चायत प्रधानहरू, पञ्चायत समितिको सभापति र सबै निर्वाचित सदस्यहरूलाई सभा बसेको थियो अनि यसमा पञ्चायत समिति सभापति लगायत सबैले पूर्ण समर्थन गरेकोमा धन्यवाद दिइएको छ। त्यसरी नै अब सोनादा रंगबुलभित्र पर्ने सातवटा ग्राम पञ्चायतहरूका पञ्चायत प्रधान र निर्वाचित सदस्यहरूलाई लिएर सभा गरी बेग्लै खण्डक लागि प्रस्ताव पारित गरी पठाउनु पर्ने भएकोले यसको लागि चाढ़ै सभा बसेर प्रस्तावहरू पारित गरेर पठाउने अनुरोध भागोप्रमो केन्द्रीय सदस्य सुमन बम्जनले गरेका छन्। उनले यस क्षेत्रका जनसाधारण मानिसहरूलाई पनि अनुरोध गरेका छन्। भागोप्रमो केन्द्रीय सदस्य सुमन बम्जनले अब सोनादा क्षेत्रलाई बेग्लै खण्ड बनाउन अफिसयल कार्य भईरहेकोले यसको लागि सबैले साथ दिनु पर्ने आह्वान् गर्दै जीटीए प्रमुख अनित थापाप्रति आभार प्रकट गरेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement