खरसाङ देवराली समष्टीको सिमानाटारमा रोड निर्माणको लागि सर्वे

IMG-20240105-WA0190.jpg

खरसाङ: २८ नम्बर खरसाङ देवराली समष्टीको सिमानाटार क्षेत्रमा रोड निर्माणको लागि आज सर्वेको काम सम्पन्न गरिएको छ। यस समष्टीको ग्रामीण क्षेत्रमा पर्ने सिमानाटार क्षेत्रमा रोड निर्माणको लागि क्षेत्रीय सभासद श्याम शेर्पाको पहलमा साथै सभासद नुरी शेर्पाको उपस्थितिमा उक्त सर्वे गरिएको छ। उक्त बाटोको निर्माण एसएसएम योजनाबाट गरिने भएको छ। आजको बाटोको सर्वे कार्यमा सभासदहरू श्याम शेर्पा र नुरी शेर्पा लगायत सिमानाटार समाजको सभापति होमबहादुर गुरुङ, खरसाङके स्पेशियल विभागको सह अभियन्ता पूर्णिमा छेत्री साथै चिमनी देवराली ग्राम पञ्चायतको प्रधान बिमल तामाङ, पञ्चायत समिति सदस्य दिनेश तामाङ, पञ्चायत सदस्य दिपेस थापा, समष्टी नारी शक्ति सभापति सुष्मा मुखिया र अन्यहरू उपस्थित थिए। सिमानाटारमा रोडको सर्वेपछि यही समष्टीको मझुवा क्षेत्रको पुरानो जीर्णावस्थामा रहेको रोडको पनि सर्वे गरिएको पञ्चायत सदस्य दिपेस थापाले बताएका छन्। उक्त रोडको सर्वेपछि संगीता राइको आयोजनामा धन्यवाद कार्यक्रम पनि अायोजना गरिएको थियो।

उक्त कार्यक्रममा सभासदहरू र विभागीय अधिकारीहरूलाई खदा लगाएर धन्यवाद प्रकट गरिएको छ। सिमानाटारमा रोड निर्माणको लागि सर्वे गरिएको सम्पूर्ण गाउँलेहरूद्वारा जीटीए प्रमुख अनित थापा, क्षेत्रीय सभासद श्याम शेर्पालाई धन्यवाद दिइएको छ।

About Author

Advertisement