मुख्यमन्त्रीले दिल्लीमा आईआरबीका जवानहरूको निम्ति बस समर्पित गरे

n57154085217044478380569dcdfceb0551f5123f25f763a30d49900c4725915d1a10d69c9611f13c72be4f.jpg

गान्तोक: सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङले नयॉं दिल्लीमा शुक्रवार बिहान फर्स्ट आईआरबीका जवानहरूको निम्ति ४९+१ सीटर अशोक लेल्याण्ड एसी बस फ्ल्याग अफ् एवं समर्पित गरेका छन्।

उक्त जानकारी मुख्यमन्त्रीले आज आफ्नो आधिकारिक फेसबुक पेजमार्फत दिएका छन्। फर्स्ट आईआरबीका जवानहरूको लम्बित माग आज पूरा भएको मुख्यमन्त्रीले जानकारी गराएका छन्। यस बसले जवानहरूलाई आराम मिल्ने साथै उनीहरूको गतिशीलतामा थप टेवा पुग्ने उनले विश्वास व्यक्त गरेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement