७५औं स्वतन्त्रता दिवस भव्यताका साथ पालन गर्न एउटा समन्वय सभा सम्पन्न

नाम्ची: नाम्ची जिल्लाअन्तर्गत राभाङ्ला भी.सी. गन्जु लामा उच्चतर माध्यमिक विद्यालयको सभागृहमा आज बर्फुङ क्षेत्रका विधायक टीटी भोटिया र राङगाङ याङगाङ क्षेत्रकी विधायक राजकुमारी थापाको उपस्थितिमा महकुमा स्तरीय ७५औं स्वतन्त्रता दिवस भव्यताका साथ पालन गर्न एउटा समन्वय सभा सम्पन्न भयो।

उक्त सभामा राभाङ्ला महकुमा अधिकारी, खण्ड विकास अधिकारी, सम्पूर्ण महकुमा स्तरीयका विभागीय अधिकारीगण, भीसी गन्जु लामा विद्यालयका प्रधान अध्यापक, अन्य विद्यालयका प्रधान अध्यापक, शिक्षकगण, पञ्चायतगण, ऐसएमसी लगायत पार्टी कर्याकर्ताहरुको उपस्थिति रहेको थियो।

सभा शुरू हुन भन्दाअघि भीसी गन्जु लामा उच्चतर माध्यमिक विद्यालयको पहलमा विधायक टीटी भोटिया र विधायक राजकुमारी थापा लगायत अन्यहरूले विरूवा रोपण गरेका थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement