गेजिङ सरकारी महाविद्यालयको नाम पूर्व मुख्यमन्त्री स्व. सञ्चमान लिम्बूको नाममा राख्ने

a-1604901735.jpg

गान्तोक। पश्चिम सिक्किमको गेजिङ सरकारी महाविद्यालयको नाम पूर्व मुख्यमन्त्री स्व. सञ्चमान लिम्बूको नाममा राख्ने मुख्यमन्त्री प्रेमसिंह तामाङको घोषणालाई राज्यका दुईवटा लिम्बू जनजातीय संगठनले स्वागत जनाएको छ।
राजधानी गान्तोकमा एउटा पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै लिम्बू समुदायको साहित्य र प्रकाशन संस्थाका प्रतिनिधिहरूले राज्य दिवसको अवसरमा मुख्यमन्त्री प्रेमसिंह तामाङद्वारा सञ्चमान लिम्बूको नाममा गेजिङ सरकारी महाविद्यालयको नामाकरण गरिनाले सम्पूर्ण लिम्बू समुदाय हर्षित बनेको बताए। सिक्किम याक्थुङ साप्सोक सोङचुम्भोका अध्यक्ष सीएस लिम्बूले मुख्यमन्त्रीको घोषणालाई ऐतिहासिक बताउँदै यसले सम्पूर्ण लिम्बू समुदाय मात्र नभएर सिक्किमेली समुदायलाई नै हर्षित तुल्याएको मन्तव्य गरे।

संस्थाका महासचिव सन्तोष सुब्बाले भने, ‘सञ्चमान लिम्बूले शिक्षाको क्षेत्रमा योगदान दिएका थिए होलान्। यसैले उनको नाममा महाविद्यालयको नामाकरण गरिएको हो। उनले १९८४-देखि दुईपल्ट निर्वाचित जनप्रतिनिधि रहेका हुन्। उनी शिक्षक पनि रहेकाले शिक्षाको क्षेत्रमा उनले योगदान दिएका थिए होला यसैले उनको योगदानको कदर गरिएको हो।’ महासचिव सुब्बाले यसरी उनलाई सम्मानित गरिएकोमा सबै लिम्बू संस्थाहरू सरकारप्रति कृतज्ञ रहेको बताए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement