
कोलकाता: बंगालमा गंगासागर मेलाको तयारी पूरा भएको छ। यसपटक गंगासागर जाने यात्रुका लागि विशेष व्यवस्था गरिएको छ। यात्रुहरूका लागि डायमण्ड हार्बर कचुबेरिया लक्जरी क्रूज सेवा शुरु भएको छ। यसबाट तीर्थयात्रीहरूलाई पहिलेको तुलनामा गंगासागरको दर्शन गर्न सहज हुनेछ। लक्जरी क्रुज सेवाको परीक्षण धेरै अघिदेखि शुरु भएको थियो। डायमण्ड हार्बर नगरपालिका र ओस्प्रे वाटर वेज इण्डिया लिमिटेडले ३ जनवरीदेखि संयुक्त रुपमा यो सेवाको उद्घाटन गरेको हो। यो क्रूज सेवा गंगासागर मेलाको अवसरमा डायमंड हार्बर फेरीबाट दैनिक उपलब्ध हुनेछ।
क्रूज डायमण्ड हार्बरबाट कचुबेरियाको लागि दैनिक बिहान साढे नौ बजे प्रस्थान गर्नेछ। क्रुज प्राधिकरणका अनुसार १३ जनवरीदेखि १६ जनवरीसम्म गंगासागर मेलाका केही दिनमा यो सेवा दिनको तीन पटक बिहान साढे आठ बजेदेखि चार घण्टासम्म उपलब्ध हुनेछ। तर, त्यो अवधिको भाडा अन्य समयको तुलनामा अलि बढी हुनेछ। गंगासागर मेलामा एकतर्फी टिकटको मूल्य रु. १६ सय रहेको र सँगै खरिद गरेमा दुईतर्फी टिकटको मूल्य रु तीन हजारसम्म पुग्न सक्ने अधिकारीहरुले बताएका छन्। गंगासागर मेलाको चार दिन बाहेक क्रुजको टिकट प्रिमियम क्लासको लागि ६३० रुपियाँ, इकोनोमी क्लासको लागि ५३० रुपियाँ तोकिएको छ। अधिकारीहरूका अनुसार क्रूज सेवाहरूको लागि टिकटहरू कम्पनीको वेबसाइटमा अनलाइन र अफलाइन पनि उपलब्ध हुनेछन्। अब डायमण्ड हार्बरबाट गंगासम्म धेरै कम समयमा र धेरै कम लागतमा यात्रा गर्न सम्भव हुनेछ।