खरसाङ: खरसाङ फुटबल एसोसिएशनद्वारा आयोजित तेस्रो अन्तर जिल्ला महिला फुटबल प्रतियोगिताको पहिलो सेमिफाइनल आज स्थानीय चानमारी मैदान खरसाङमा सम्पन्न भएको छ। उक्त पहिलो सेमी फाइनल खेल आरभीके फुटबल अकादमी डुवर्स र मिलन मोड एफसीमाझ सम्पन्न भएको छ। आजको यस खेलमा मुख्य अतिथिक रूपमा मकैबारी चियाबारीका मुख्य प्रबन्धक सञ्जय दास उपस्थित थिएवभने विशिष्ट अतिथिको रूपमा सहायक प्रबन्धक पेमा लामा, बिधान राई, चानमारी आर्मी युनिटका सुबेदार एसके सलिम अनि अन्य उपस्थित थिए।
आजको खेलमा आरभीके फुटबल अकादमी, डुवर्सले मिलन मोड एफसीलाई २ को विरुद्ध ४ गोल गरेर पराजित गरी आरभीके फुटबल एकादमी डुवर्स फाइनलमा स्थान बनाउन सफल बनेको छ। आजको खेलमा उत्कृष्ट प्रदर्शन गरेकोमा आरभीके फुटबल एकादमीका पुस्मिता ऊरावलाई प्लेयर अफ् द म्याच मकैबारी चियाबारीका मुख्य प्रबन्धक सञ्जय दासको बाहुलीबाट प्रदान गरियो। त्यसरी नै खेलमा अंश ग्रहणको निम्ति मिलन मोडका खेलाडीहरूलाई सुबेदार एसके सलिमको बाहुलीबाट प्रदान गरिएको छ।

आजको खेलमा मुख्य निर्णायक प्रमोद प्रधान, सहायक निर्णायक नितेश देवान, दावा डोमा भोटिया, फोर्थ अफिसियलमा जयेस प्रधान अनि सुरेन गुरुङ उपस्थित रहेका थिए। अब भोलि शुक्रबार ५ जनवरीको दिन हुने दोस्रो सेमी फाइनल खेल वुमन्स फुटबल क्लब, मिरिक अनि हिमालयन एफसीमाझ खेलिनेछ भनी खरसाङ फुटबल एसोसिएशनको सचिव सुदिप राईले जानकारी दिएका छन्।