प्रतिबन्धित नशालु पदार्थको साथमा पक्राउ

Hand-Cuff-3-1

गान्तोक। जोरथाङ थाना क्षेत्र अन्तर्गत माझीगाउॅंबाट पुलिसले आज एक सिलगढी निवासी, अशोक मजुमदार(५७) नामको व्यक्तिलाई प्रतिबन्धित नशालु पदार्थको साथमा पक्राउ गरिएको छ।

पुलिस अनुसार, अशोक मजुमदारले माझीगाउँमा टायर रिपेयर शप चालौं छन्। विश्वसनीय सूत्रहरूले आरोपित व्यक्तिसॅंग प्रतिबन्धित नशालु पदार्थ रहेको सूचना दिए। तत्काल पुलिस दल माझीगाउॅं पुगेर ५४ बोतल प्रतिबन्धित कफ सिरफसहित आरोपित व्यक्तिलाई पक्राउ गर्यो। पुलिसले यस घटनाको सम्बन्धमा साडा अधिनियम अन्तर्गत मामिला दर्ता गरेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement