विरूवा रोपण एवं अन्तरक्रिया कार्यक्रम

गान्तोक: ७५औं स्वतन्त्रता दिवसको अवसर पारेर आजादीको अमृत महोत्सवको ब्यानरमा आज राजधानी छेउ सेलेप ट्याङ्कीमा जन स्वास्थ्य अभियान्त्रिकी विभागले विरूवा रोपण एवं अन्तरक्रिया कार्यक्रम आयोजन गर्यो। कार्यक्रममा जन स्वास्थ्य अभियान्त्रिकी विभागका मन्त्री भीमहाङ लिम्बू मुख्य अतिथि थिए।
कार्यक्रमको शुरूवात मुख्य अतिथि तथा विभगीय अधिकारीहरूद्वारा विरूवा लगाएर गरियो। विभागीय सचिव बिन्धासरी प्रसादले कार्यक्रम आयोजन गर्नुको उद्देश्यमाथि प्रकाश पारे। जन स्वास्थ्य अभियान्त्रिकी विभागले वाटर ट्रीटमेन्ट प्लान्टको डिजाइन, निर्माण, व्यवस्थापन र संचालन सफलतापूर्वक गर्न सक्षम बनेको बताइयो।
कार्यक्रममा मुख्य अतिथिको बहुलीद्वारा तीन जना फिटरलाई सम्मानित गरियो। सम्मानित हुने कर्मचारीहरूमा राज कुमार छेत्री, भीम बहादुर प्रधान र भीब बलभद्र छेत्री सामेल छन्। यस अवसरमा अन्तरक्रिया सत्र पनि राखिएको थियो।

About Author

Advertisement