कारगिल विजय दिवस (२६ जुलाई १९९९)


किरण उपाध्याय, मदारीहाट

भारत स्वाधीन भएपछि पनि देशवासीहरुले धेरै युद्धहरु देखेका छन् ,भारत चीन युद्ध होस् या भारत पाकिस्तान युद्ध होस्  अथवा अरु कुनै। हामी समक्ष वा हाम्रो देशमा अझै पनि यस्ता मानिसहरु जीवित छन् जसले यस्ता युद्धहरु प्रत्यक्षरुपले लडे़का थिए वा देखेका छन्। भारत देशको इतिहासमा भारतले कहिल्यै पनि पहिला जाई लागेर होस् या विस्तारवादको नीति अप्नाएर होस् अथवा अरु कुनै कारण किन नहोस्  आक्रमण गरेको छैन, युद्ध गरेको छैन। यस्ता कलंकित इतिहास् बोक्ने देशहरु पाकिस्तान र चीन जस्तो व्यवहार भारतले कहिल्यै गरेको छैन, दुष्चरित्र देखाएको पनि छैन चाहे त्यो सानो देश किन नहोस् अथवा ठुलै देश, भारतले जहिले पनि शान्ति र मित्रताकै सन्देश बाँडे़को छ, दिएको छ तर जब जब अरु देशले यो देशमाथि आक्रमण गरे त्यस् पश्चात्नै भारतले युद्ध गरेको हीमीले देखेका छौं, पढे़का छौं र साक्षी पनि छौं। 

२६ जुलाईलाई स्वतन्त्र भारतको इतिहासमा एउटा एतिहासिक,महत्वपूर्ण साथै गौरवपूर्ण दिन पनि मानिन्छ। यो दिनलाई कारगिल विजय दिवस वा अप्रेशन विजय नाममा पनि पालन गरिन्छ’

इतिहास् पल्टाएर हेर्दा पनि हामी के पाउँछौं भने यहाँ आक्रमण गर्न थुफ्रै थुप्रै वंश, समुह, देशहरु आए, लुट मचाए,ध्वंस पारे, लुटेर चोरेर लगे भने कतिले यतै बसेर यहाँको सभ्यता, संस्कृति र संस्कारहरुमाथि पनि अतिक्रमण गरेर बर्बादै पारेका थिए तर यहाँबाट यसरी लुट्न,चोर्न,जबरजस्ती धर्मान्तरणको नाममा शोषण बलात्कार र मारकाट गर्न गएको कालो इतिहास् हाम्रोमा छैन। यस्ता थुप्रै थुप्रै इतिहासका पाटाहरु छन् जसलाई भारतवासीहरुले भुलेका छैनन्। यस्तै एउटा युद्ध जुनचैं केही वर्ष अघि भारत र पाकिस्तानमाझ भएको थियो जसको साक्षी आजका प्राय प्रायः मानिसहरु छन् र जसलाई हामी कारगिलको युद्ध  पनि भन्ने गर्छौं। २६ जुलाईलाई स्वतन्त्र भारतको इतिहासमा एउटा एतिहासिक,महत्वपूर्ण साथै गौरवपूर्ण दिन पनि मानिन्छ। यो दिनलाई कारगिल विजय दिवस वा अप्रेशन विजय नाममा पनि पालन गरिन्छ।

 कारगिल युद्ध परमाणु शक्ति सम्पन्न दुवै राष्ट्र भारत र पाकिस्तानमाझ भएको प्रत्यक्ष  एवं सशस्त्र  युद्ध थियो। यहाँ उल्लेख योग्य कुरा के छ भने सन् १९९८ को मई महिनामा भारत र पाकिस्तान दुवै राष्ट्रले परमाणु परिक्षण गरेका थिए। यस भन्दा पहिले पनि भारतले सन् १९७४ मा परमाणु अस्त्रको परिक्षण गरिसकेको थियो। सन् १९७१ को भारत पाकिस्तान युद्ध पछि पनि धेरैपल्ट दुई देशमाझ द्वन्द्वहरु भइनै रहन्थ्यो। यसरी दुवै देशहरुको परमाणुबम परिक्षणले भने झन उत्तेजना र तनावको वातावरण सृष्टि भयो। यो परिस्थितिलाई साम्य गर्न सन् १९९९ फरवरी महिनामा दुवै देशले एउटा घोषणापत्रमा हस्ताक्षर गर्छन् जसमा कश्मीरको जुन मुद्दा छ त्यसलाई दुईपक्षको  आलोचनाबाट शान्तिपूर्ण तरिकाले समाधान गर्ने प्रतिश्रुति पनि उल्लेख थियो।

सन् १९४७ भारत पाकिस्तान विभाजन हुन भन्दा पहिला कारगिल लद्दाखको बालटिस्तान(गिलगिट-बाल्टिस्तान) जिल्लाको अंश थियो। जनसंख्याको घनत्व कम्ती भए पनि विभिन्न भाषागत्, जातिगत् एवं धर्म सम्प्रदायहरुका मानिस विश्वको उच्चतम् पर्वत श्रेणीअन्तर्गत पर्ने यो अंचलको विभिन्न उपत्यकाहरुमा बसोबास गर्थे। प्रथम कश्मीर युद्ध (१९४७-४८) पछि सृष्टि भएको रेखा वा लाइन अफ कन्ट्रोल (एलओसी) ले बाल्टिस्तान अंचललाई दुई भागमा विभक्त गर्यो। कारगिल जिल्ला र कारगिल शहरचैं भारतको केन्द्रशाषित अंचल लद्दाखमा पर्छ। सन् १९७१ को भारत पाकिस्तान युद्धमा पाकिस्तानको पराजय पछि दुई देश माझको साक्षरित शिमला सम्झौताअनुसार यो सीमालाई सम्मान गरेर कुनै पनि प्रकारको सशस्त्र आन्दोलन नगर्ने प्रतिशुति पनि दुवै देशले दिएका थिए, तरै पनि त्यसलाई उल्लंघन गरि पाकिस्तानी सेना र काश्मीरको आतंकवादीहरुले (मुजाहिद्दीन) भारत र पाकिस्तान बीचको नियन्त्रण रेखा (एलओसी) पार गरेर भारतभित्रको भुमि  दखल गर्ने कुचेष्टा चलाएका थिए जसको नाम थियो अप्रेशन बदर र यिनीहरुको मुख्य लक्ष्य थियो कश्मीर र लद्दाख बीचको भागलाई विच्छिन्न गरेर यी बीचमा सम्पर्क बन्द गर्नु साथै सियाचीनदेखि भारतीय सेनाहरुलाई हटाउनु।

‘देश रक्षाको निम्ति वीर शहीदहरुको त्यो बलिदान, त्यो वीरगाथा प्रत्येक भारतीय जनमानसहरुको हृदयमा कहिल्यै ननिभ्ने दियोझैं सधैँ आलै रहनेछ’

पाकिस्तानले अझै पनि विश्वास गर्छ कि यी अंचलहरुमा कुनै पनि प्रकारको अशान्ति र उत्तेजनाले कश्मीरको मुद्दालाई अन्तर्राष्ट्रीय मुद्दा बनाउनमा सहयोग गर्छ। प्रथमत यसलाई एउटा अनुप्रवेशको हिसाबले हेरिएको एवं बुझिएको थियो अनि यसलाई दुई चार दिन भित्रै साम्य पार्ने, नियन्त्रणमा ल्याउने दावी पनि गरिएको थियो, तर नियन्त्रण रेखामा गोप्य अनुसंधान साथै यी अनुप्रवेशकारीहरुको क्रियाकलापहरुको कौशलहरुमाथि विशेष नजर राखेर भारतीय सेना वाहिनीहरुले बुझ्न सकेका थिए कि यो आक्रमणले अब ठुलो आकार लिनेवाला रहेछ भनेर र यसपछि भारत सरकारले एउटा परिकल्पना तयार पार्छ जसको नाम अप्रेशन विजय राखिन्छ। यो अप्रेशन वा मिशनमा दुई लाख सेनाहरुलाई काममा लगाइन्छ। प्रायः तीस हजार भारतीय सैनिकहरु प्रत्यक्षरुपमा जडि़त थिए र उनीहरुले पाकिस्तानले दखल गरेको भारतीय भुमि अँचलहरुमा आक्रमण  गर्छन् र पाकिस्तानलाई यस युद्धमा पराजित पारेर विजय प्राप्त गर्छन्।

युद्धको समयावधि एवं युद्ध पश्चात् पनि पाकिस्तानले यस युद्धको सम्पूर्ण दोष काश्मीरी स्वाधीनपन्थी आतंकवादी साथै अलगाववादीहरु माथि पुर्णरुपले थोपिदिन्छ। तर युद्ध पश्चात भेटिएका तथ्य एवं प्रमाण साथै पाकिस्तानको तत्कालीन प्रधानमन्त्रीलगायत सेना प्रधानको युद्ध पछिको स्पष्टीकरणलेनै प्रमाणित गरेको थियो कि पाकिस्तानको आधा सामरिक वाहिनी पनि यस युद्धमा प्रत्यक्षरुपले जडि़त थिए र जेनरल अशरफ रशीदले यस सामरिकलाई नेतृत्व पनि दिएका थिए। यस युद्ध पश्चात् यसको साइड इफेक्ट भनौं वा प्रतिफल पाकिस्तानको सरकारी व्यवस्था एवं अर्थनीतिमा अस्थिरता सृष्टि हुन्छ र पाकिस्तानी सेनाले सेनाप्रधान परवेज मुशर्रफको नेतृत्वमा सत्तामाथि कब्जा गरेर राष्ट्रिय क्षमतामा आफ्नो दखल पनि गर्छ।

प्रायः साठी दिन चलेको यस युद्ध आधिकारिक रुपमा २६ जुलाई १९९९ मा अन्त भएको थियो। यस युद्धमा भारतीय सेनाका ५२७ वीर सैनिकहरुले मातृभुमिको रक्षाको निम्ति आफ्नो जीवन अर्पण गरि वीरगति प्राप्त गरेका थिए, शहिद भएका थिए। देश रक्षाको निम्ति वीर शहीदहरुको त्यो बलिदान, त्यो वीरगाथा प्रत्येक भारतीय जनमानसहरुको हृदयमा कहिल्यै ननिभ्ने दियोझैं सधैँ आलै रहने छ। यो देशले कहिल्यै भुल्ने छैन त्यसैले प्रत्येक वर्षको  २६ जुलाईलाई सारा देशवासीहरुले गर्वको साथमा कारगिल विजय दिवसको रुपमा पालन गर्छन्।

स्रोत

१) http://www.globalsecurity.org/military/world/war/kargil-99.htm (१९९९  Kargil Conflict”। GlobalSecurity.org

२) http://pib.nic.in/feature/feyr2000/fjul2000/f210720001.html   ( Government of India site mentioning the Indian casualties,)

३) https://en.wikipedia.org/wiki/Kargil_War (Wikipedia, the free encyclopedia, “Operation Vijay (1999)”)

राम

https://www.facebook.com/ZeeNews/videos/596106324380642/

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement