कोविड़ भारत: कोरोनाको १४,८३० नयाँ मामिला, ३६ जनाको मृत्यु

नयाँ दिल्ली: केन्द्रीय स्वास्थ्य मन्त्रालयद्वारा जारी आंकडाअनुसार गत २४ घण्टमा देशभरि कोरोनाको १४,८३० नयाँ मामिला अघि आएको छ। यसको साथै देशमा अहिलेसम्म मोठ कोरोना सङ्क्रमितको संख्या बढ़ेर अब ४,३९,१९,४५१ पुगेको छ। त्यहिं गत २४ घण्टामा मोठ ३६ जना मानिसहरूको कोरोनाले मृत्यु भएको छ। अहिलेसम्म देशमा यो रोगले कुल ५,२६,११० जना मानिसहरूको मृत्यु भइसकेको छ। यसरी नै यस अवधिमा १८,१५९ जना कोरोनामुक्त भएर सामान्य जीवनमा फर्किएका छन्। अहिलेसम्म ४,३२,४६,८२९ जना कोरोनाबाट स्वास्थ्य भइसकेका छन्। हाल देशमा कोरोनाबाट निको हुने दर ९८.४७℅ रहेको छ।

हाल देशमा कोरोनाको सक्रिय मामिलाको संख्या बढेरा १,४७,५१२ पुगेको छ।

भारतीय आयुर्विज्ञान अनुसन्धान परिषद (आई.सी. एम. आर) ले दिएको जानकारीअनुसार गत २४ घण्टमा, देशभरी ४,२६,१०२ जनाको कोरोना परीक्षणको साथ हालसम्म कुल ८७,३१,८५,९१७ जनाको परीक्षण भइसकेको छ। यसरी नै, २४ घण्टमा ३०,४२,४७६ जनाले कोरोना खोप लगाउनको साथ कुल २,०२,५०,५७,७१७ जनाले यो खोप लगाइसकेको छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement