पैह्रोले घरलाई व्यापक क्षति

गेजिङ: गेजिङ जिल्लाको योक्सम-टाशीडिङ समष्टिको गेरेथाङ निवासी शिव लुइँटेलको घरलाई पैह्रोले व्यापक क्षति र्पुयाएको छ। निरन्तर परेको बर्खे झरीको फलस्वरूप घरको पछिल्लो पट्टिबाट गएको पैह्रोले उनको घरलाई ठूलो क्षति गरेको छ।

लगातार झरी आइरहे कुनै पनि समय घरलाई पैह्रोले तानेर ढल्ने अवस्थामा पुगेको छ। स्थानीय प्रशासन र पञ्चायतले उक्त ठाउँको स्थलगत भ्रमण गरिसकेको बताइएको छ। पीडित परिवारलाई सुरक्षित स्थानमा सारिएको पनि जानकारी पाइएको छ। साधारण परिवारमा जन्मिएको लुइँटेलले कृषि व्यावसायबाट जुटाएको रकमबाट घर निर्माण गरेर होमस्टे सञ्चालन गरि जीविकोपार्जन गर्दै आइरहेका थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement