राज्यपालले गरे याङयाङमा निर्मित रोपवे परियोजनाको निरीक्षण

IMG-20240103-WA0247.jpg

गान्तोक: राज्यका राज्यपाल लक्ष्मण प्रसाद आचार्यले आज दक्षिण जिल्लाको याङगाङमा निर्मित रोपवेको निरीक्षण गर्दै यसबारेमा विस्तृतरूपमा जानकारी लिए। विशेष गरेर दक्षिण जिल्लाको भ्रमणको क्रममा राज्यपाल आज याङगाङ पुगेका हुन्। यस अवसरमा विभागका प्रमुख अभियन्ता निरज प्रधानले जानकारी गराउँदै यो रोपवे एशियाको सबै भन्दा आकर्षित तुल्याउने मध्ये पाँचौ स्थानमा रहेको बताए। यसरी नै उनले भावी योजनाबारे जानकारी गराउँदै भाले ढुङ्गामा विश्वको नै सबै भन्दा अग्लो स्काइ वाक परियोजना निर्माण गरिने योजना रहेको छ। यस परियोजना सिक्किम राज्यमा पर्यटन क्षेत्रको निम्ति एउटा माइल खुट्टी हुने बताउँदै पर्यटनको दृष्टिकोणले सबै ढोकाहरू खोलिने सम्भावना व्यक्त गरे। यसरी नै उनले पर्यटनको आगमनले राज्यको आर्थिक अवस्था पनि मजबुत हुने जानकारी गराए। यसै क्रममा उनी पूर्व मुख्यमन्त्री पवन चामलिङको घरमा पुगेर शोक संवेदना प्रकट गरे।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement