एक्जेक्यूटिभको मनमानी विरुद्ध ग्राम पञ्चायतमा ताला

कालचिनी: कालचिनी खण्डको जयगाउँ दुई नम्बर ग्राम पञ्चायतका एक्जीक्यूटिभले मनमानी काम गरिरहेको आरोप लगाउँदै आज विहान ग्राम पञ्चायत सदस्यहरु पासाङ शेर्पा लगायत मनिरुद्दिन मीयाँ र मोहम्मद नूर हुड्डा मीयाँले जयगाउँ दुई नम्बर ग्राम पञ्चायतमा ताला जड़दै विक्षोभ प्रदर्शन गरेको थियो।
पञ्चायत सदस्यहरुले ग्राम पञ्चायतमा प्रधान, उपप्रधान र पञ्चायत सदस्यहरु केवल गुड़िया सरह बनेको सबै कामहरुमा एक्जीक्यूटिभको मनमानी चलिरहेको बताउँदै विक्षोभ व्यक्त गरेका थिए। आक्रोशित पञ्चायत सदस्यहरुले ग्राम पञ्चायतको एक्जीक्यूटिभले प्रधानको हस्ताक्षर बिना आफैले काम सम्हाल्ने काम गर्दै आईरहेको र जीआर र प्लास्टिक वितरणको काममा पनि एक्जीक्यूटिभको हस्तक्षेप चलिरहेको जनाएका छन। यता घटनाको जानकारी पाएर घटनास्थलमा कालचिनीका जोइन्ट बीडीओ नजमुल हक पुगेर आक्रोशित पञ्चायत सदस्यहरुसित कुराकानी गरेपछि ग्राम पञ्चायतको काम सामान्य रुपमा शुरु गरिएको थियो। यता जोइन्ट बीडीओले एकआपसमा भूल बुझाबुझ भएकोले यो समस्या उत्पन्न भएको र यसलाई समाधान गरिएको जनाएका छन।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement