फिल्म ‘अगस्त्य’को फस्टलुक रिलिज गर्दै प्रदर्शन मिति घोषणा

IMG_0791

टीआरआई समाचार  

काठमाडौं: वर्षकै प्रतिक्षित फिल्म ‘द अन ब्रेकेबल अगस्त्यः च्याप्टर १’को फस्टलुक रिलिज गर्दै प्रदर्शन मिति घोषणा गरिएको छ। फिल्मका नायक सौगात मल्लको दुई वटा गेटअप सार्वजनिक गर्दै फिल्मको प्रदर्शन मिति पक्का गरिएको हो। यो फिल्मलाई १ मार्चदेखि नेपालसँगै विश्वभर रिलिज गर्ने तयारी यसको निर्माण पक्षले गरेको छ। यो फिल्म १ मार्चमा  सोलो रिलिज हुनेछ। सौरभ चौधरीको लेखन तथा निर्देशनमा तयार भएको यो फिल्मको फस्टलुकमा नायक सौगात मल्ललाई ‘सौर्य’ पात्रको रुपमा चित्रित गरिएको छ। एउटा लुक्समा सौगातको कसिलो शरीर देख्न सकिन्छ। जहाँ, उनको एक्सन देख्न सकिन्छ।

अर्को लुक्समा भने उनी गोरखपुरको रेलवे अगाडि हिडिरहेको देख्न सकिन्छ। यी दुवै लुक्सले सौगात मल्लको भूमिका र उनको अभिनयलाई लिएर आम दर्शकमाझ कौतुहलता पैदा गर्ने निश्चित छ। निर्माण पक्षले दिएको जानकारीअनुसार, यो फिल्मका लागि सौगातले शुरुवातमा करिब २० केजी तौल घटाएका थिए। पछि, फेरि सौगातले १० केजी तौल बढाएका थिए। फिल्मका लागि सौगात मल्लले गरेको मिहिनेत पोष्टरमा प्रष्ट छल्किएको छ।
फिल्ममा सौगातको साथमा नाजिर हुसेन, मलिका महत्त, प्रमोद अग्रहरि, विजय बराल, रविन्द्र झा लगायतका कलाकारको पनि अभिनय छ। तर, निर्माण पक्षले फस्टलुकमा सौगातको मात्र दुई फरक गेटअप सार्वजनिक गरेको हो। फिल्ममा संजय लामाको छायांकन छ। यो फिल्मलाई डार्क हर्स इन्टरटेन्मेन्ट र सेभेन सिज इन्टरटेन्मेन्टको प्रस्तुतिमा तयार पारिएको हो। फिल्ममा प्रकाश मल्ल, अनिष तामाङ र बिनोद पौडेलको लगानी छ। फिल्मका कार्यकारी निर्माता विश्व गौचन र अभिषेक चौधरी हुन्। फिल्मलाई नेपालभर डीसीएनले वितरण गर्नेछ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *