सम्मेलनमा सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङ अभिनन्दित
सिलगढी: प्रत्येक वर्ष झैं यस वर्ष पनि सिलगढीको सालुगाड़ास्थित मझुवा गाउँको उत्तर पलासमा स्थित मानव धर्म आश्रमक परिसरमा आजदेखि सद्भावना सम्मेलनको शुरुवात भएको छ। मानव धर्मका प्रणेता सद्गुरुदेव श्री सतपालजी महाराजले सम्मेलनमा भने, ‘यो सद्भावना सम्मेलन दुई दिनको सम्मेलनको आज प्रथम दिन हो। हामी चाहन्छौ देशमा सद्भावना होस् प्रदेशमा सद्भावना होस, गाउँमा सद्भावना होस्, अनि घरमा सद्भावना होस्। मानव धर्मको प्रचारले समाजमा व्यापक परिवर्तन भएको छl’ डुवर्सको आदिवासी क्षेत्रको प्रसंगमा उनले भने,’मानव धर्मको प्रचारले आदिवासी क्ष्रेत्रमा ठूलो प्रभाव परेको जहाँ शुरुमा चिया बगान क्षेत्रका गरिब श्रमिकहरूमा मदपानको सेवनले परिवार नष्ट भएको थियो, मानव धर्मको प्रचार भएदेखि यता त्यहाँको जनजीवनमा सुधार आएको छ। यो सद्भावनाको प्रभाव हो। हामी चहान्छौँ यहाँ सद्भावनाको प्रचार होस् अनि पर्यटनको पनि विकाश होस् यो समग्र क्षेत्रको रुपमा धेरै विकशित हुनसक्छ भन्ने मेरो विचार छ। यो क्षेत्रमा पनि उत्तराखण्डमा झैं महाभारत सर्किटको रुपमा विकशित हुनसक्छ, सिक्किममा किरातेश्वर महादेवलाई मानिन्छ, उसरी नै मणिपुर, नागाल्याणड क्षेत्र पनि महाभारतसित जोड़िएका क्षेत्रहरू हुन्। यी सबै क्षेत्रहरूमा धार्मिक पर्यटनमा विकास गर्न सकिन्छ। यसरी भारत विस्तारै विविध विकाशको क्षेत्रमा अग्रसर भइराखेको छl’

मानव उत्थान सेवा समिति उत्तर पूर्वाञ्चल क्षेत्रको तत्वावधानमा सम्पन्न भएको दुई दिवसीय सदभावना सम्मेलनको प्रथम दिन ३१ दिसम्बर बेलुकी श्री सतपालजी महाराज र सम्मेलनका प्रमुख प्रमुख अतिथि सिक्किम सरकारका सम्माननीय मुख्यमन्त्री प्रेमसिंह गोले र विशिष्ट अतिथि सिक्किम बिधानसभाका स्पीकर अरुण उप्रेतीले दीप प्रज्वलन गरेपछि उदघाटन भएको थियो। सम्मेलनमा आफ्ना उपस्थितिको लागि मानव उत्थान सेवा समिति उत्तर पूर्वाञ्चल क्षेत्रको तर्फबाट सिक्किम सरकारका सम्माननीय मुख्यमन्त्री प्रेमसिंह तामाङ अरुण उप्रेतीलाई भव्य अभिनन्दन जनाइयो। श्री सतपालजी महाराजको बाहुलीबाट मुख्यमन्त्रीलाई दोसल्ला ओड्याएर अभिनन्दन पत्र प्रदान गरियो। सिक्किम राज्यमा मानव धर्मको प्रचार-प्रसारको लागि पाकिम, पेलिङ आदि स्थानहरूतिर मानव धर्म आश्रम निर्माणमा दिईरहनुभएको उल्लेखनीय योगदानको निम्ति उनलाई समितिले आभार प्रकट गरे।
मुख्यमन्त्री प्रेमसिंह तामाङ र अरुण उप्रेतीले पनि माल्यार्पण गरी श्री महाराजजीलाई अभिवादन जनाए। समाजमा आध्यात्मिक- सामाजिक र नैतिक शिक्षाको विकासमा र समाज सेवाको क्षेत्रमा मानव उत्थान सेवा समिति र मानव सेवा दलले श्री महाराजजीको कुशल नेतृत्वमा दिइरहेको अमूल्य योगदानहरूको प्रशंसा गरे। सम्मेलनको प्रथम दिन भारत नेपालका विभिन्न प्रान्तहरूबाट आएका सन्त महात्मा बाईजीहरूमध्ये महात्मा नन्दिनी बाईजी, महात्मा दक्षिणा बाईजी, महात्मा हरिसन्तोषानन्दजी, महात्मा चमेली बाईजी आदिलगायत डा. जे.पी. अग्रवालले पनि सम्बोधन गरे। विशिष्ट भजन गायक कलाकारहरूद्वारा नेपाली, हिन्दी, बंगला, साद्री भाषामा भजनहरू लगायत विभिन्न तहसीलका बाल सभा र युवा प्रकोष्टका कलाकारहरूले विभिन्न सांस्कृतिक नृत्य, सामूहिक नाटक आदि प्रस्तुत गरे।
सम्मेलनको प्रथम दिनको पूर्वाध्दको कार्यक्रम बिहान १० बजेदेखि सदभावना परेड मैदानमा सम्पन्न भयो। पूर्वार्द्धको कार्यक्रमलाई सम्बोधन गर्दै श्री महाराजजीले भने, ‘हाम़्रो भारत देशले प्रत्येक क्षेत्रमा विश्वमा आफ्नो शान राखेको छ। विश्वमा भारतको जय जयकार भइरहेछ। अध्यात्मको क्षेत्रमा भारत सदैव विश्व गुरु भएर रहनेछ। यसैले मानव दल सदैव राष्ट्रको सेवामा समर्पित हुनुपर्छl’ उनले सबैलाई आफ्नो भाषा साहित्य, संस्कृतिको संरक्षण र सम्बर्द्धन गर्नुपर्ने आह्वान गरे। ‘नेपाली भाषाको संवैधानिक मान्यतामा विगतमा आफूले दिएको योगदानको स्मरण गर्दै मान्यताप्राप्त भाषालाई तपाईँहरूले अझ समृद्ध बनाएर लिनुहोस्’, उनले भनेl











