स्थानीय युवाहरूलाई आफ्नै क्षेत्रमा स्वलम्बन बनाउन मिङमा शेर्पाद्वारा पैदल चेतना स्वनिर्भर यात्रा शुरु

IMG-20240101-WA0467.jpg

मिरिक: स्थानीय बेरोजगार युवावर्ग तथा उद्यमीहरुलाई आफ्नै बलबुतामा परिश्रम गर्न सके पलायन हुन नपर्ने सन्देश दिन्दै रिम्बिक फ्रेसका निर्देशक मिगमा गिर्मी शेर्पाले आजदेखि मिरिकबाट १९८ किलोमिटर पदयात्राको शुरूवात गरेका छन्। चेतना स्वनिर्भर यात्रा नाम दिएर भोकल फर लोकलको नारा लिएर शुरु गरिएका यस पदयात्राले दार्जीलिङ कालेबुङ जिल्लाको विभिन्न स्थानहरुको पैदल यात्रा गर्दै क्षेत्रका युवाहरुलाई स्वलम्बनतर्फ अग्रसर गर्ने तथा कृषकहरुलाई खेतीपातीतर्फ प्रोत्साहित गर्ने लक्ष्य राखेको छ। पदयात्राको समापन दार्जीलिङ चौरास्तामा हुने मिगमा शेर्पाले जानकारी दिएका छन्। उक्त चेतना स्वनिर्भर यात्रा विषयमा मिरिकमा पत्रकारहरूसित कुराकानी गर्दै मिङमा गिर्मी शेर्पाले योभन्दा पहिलै यसरी पैदल यात्रा गरेको र यसपाली पनि स्थानीय युवाहरूलाई स्वनिर्भर बनाउन र आफ्नै क्षेत्रमा केही गर्न सकोस् साथै भोकल फर लोकलक नारासहित १९८ किलोमीटरको यात्रा शुरु गरेको बताएका छन्। उनले यो पैदल यात्रालाई चेतना स्वनिर्भर यात्रा नाम दिएको र यसको मुख्य उद्देश्य युवाहरूलाई पलायन नभई आफ्नै क्षेत्रमा केही गर्न सकोस् भन्ने सन्देशको साथ शुरु गरिएको बताएका छन्। त्यसरी नै कालेबुङका कृषक सुशिल छेत्रीले पनि पत्रकारहरूसित कुराकानी गर्दै आफु कालेबुङको तीन माइलको कृषक रहेको तर शिक्षित कृषक रहेको बताएका छन्। उनले अब खेतीपातीलाइ बचाउन शिक्षित युवाहरू अघि आउनु पर्ने आह्वान् पनि गरेका छन्।

About Author

Advertisement