दिल्ली: समाज सेवामा अग्रगामी हाम्रो स्वाभिमान ट्रस्टले नयाँ वर्षको पहिलो दिन १ जनवरी २०२४ मा श्री हरिहर वैदिक संस्कृत गुरुकुलम, बख्तावर पुर, दिल्ली मा पुगेर आश्रम को जरूरतमंद बच्चाहरु लाई कम्बल वितरण गर्यो। प्रतिष्ठित ट्रस्ट ले चिसोबाट बच्न गरिब तथा विपन्नलाई हरेक वर्ष नि:शुल्क कम्बल वितरण गर्दै आएको छ। यही पहललाई अगाडि बढाउँदै यसपटक पनि श्रीमती कमला शर्मा- उपाध्यक्ष महिला समिति को नेतृत्वमा नयाँ वर्षको अवसरमा श्री हरिहर संस्कृत गुरुकुलम, दिल्ली मा स्थित जरूरतमंद बच्चाहरु लाई कम्बल वितरण गरिएको छ। यस अवसरमा हाम्रो स्वाभिमान ट्रष्ट को कार्यकारी अध्यक्ष श्री शिबलाल ज्ञँवाली ले जरूरतमंदमा आत्मबल जगाएर सशक्तिकरण गर्नु हाम्रो परम कर्तव्य भनि बताउनु भएको छ। उनले यस्ता जरूरतमंद को उत्थानका लागि हाम्रो संस्थाले हरेक वर्ष जति सक्दो सहयोग गरिरहने बताए। सो अवसरमा संस्थाका महासचिव श्रीमती अनिता क्षेत्री ले अत्याधिक चिसोमा गरिब जनतालाई संस्थाले सहयोग गर्न सक्ने गरी आवश्यक परेकालाई आर्थिक सहयोग गर्ने बताउनुभयो। यसको लागि ट्रस्टले निरन्तर सेवा जारी राख्नेछ।सालको प्रथम दिन को शुभारंभ ट्रस्ट का सदस्यहरु ले कम्बल वितरण गरने विशेष भूमिका श्री नारायण श्रेष्ठ अध्यक्ष, सेटलर ट्रस्टि प्रेम क्षेत्री, श्री नारायण शर्मा उपाध्यक्ष, श्रीमती अनिता ज्ञँवाली अध्यक्ष महिला समिति, श्रीमती बिन्दु सिंह, श्रीमती जमुना न्योपाने, श्रीमती कविता शर्मा, श्रीमती ललिता शर्मा, श्रीमती नोमा शर्मा, शोभा शर्मा, श्रीमती माया शर्मा को थियो।








