नेपाली संस्कृति परिषद् समितिको सम्मेलन गुजरातमा समपन्न

IMG-20240101-WA0312.jpg

कर्णावती: नेपाली संस्कृति परिषद समितिको अन्तर्राष्ट्रिय सम्मेलन गुजरातको कर्णावतीमा सफलता साथ सम्पन्न भए पछि आर्य समाज मन्दिरमा यज्ञ यवन सम्पन्न गरियो। २४ दिसम्बर देखि शुरू भएको सो सम्मेलन २६ दिसम्बरको दिन सम्पन्न भए पछि, जामनगर स्थित नौतनपूरी धाम दर्शन, त्यस पछि श्री द्वारिकाधीश अनि वेटद्वारिकाधीश मन्दिर दर्शन पूजन पश्चात श्री सोमनाथ ज्योतिर्लिंग दर्शन तथा समुन्द्री तट परिदर्शन तथा स्टेच्यु आफ यूनिटी, एकता नगर, केवडीया भ्रमण सकेर प्रतिनिधिहरू हिजो कर्णावती पुगे तथा यस सम्मेलनको अन्तिम कार्यक्रम यज्ञ हवनका साथ सम्पन्न भयो। गुजरातको धरतीमा सैकड़ो नेपाली भाषिहरूद्वारा सामूहिक यज्ञ-हवन पहिलो पटक गरिएको हो। आर्य समाजको सहयोगमा आयोजित यस यज्ञका मुख्य जजमान परिषदका अन्तर्राष्ट्रिय कार्याध्यक्ष अशोक चौरसिया दम्पति थिए भने परिषदका विभिन्न राज्यका पदाधिकारीहरूले सबै प्रतिनिधिहरूका साथ आहूति दिए। वैदिक मन्त्रोचारणका साथ सम्पन्न यस यज्ञ-हवनमा वर्ष २०२४ सबैका लागि मंगल मय होस, विश्वमा फैलिएका नेपाली गोरखा समाजको कल्याण साथै देेश र सबै देशवासीहरूको मंगल समाज राष्ट्र र विश्वको कल्याण होस भन्ने कामनाका साथ हवन सम्पन्न गरियो। आर्य समाजका गुजरात महासचिव डा.कमलेश शास्त्री, मुख्य पुरोहित वेदबन्धु शास्त्रीले परिषदका पदाधिकारीहरूद्वारा गुजरातको धरतीमा सम्मेल आयोजित गरि नेपाली समाजको महान संस्कृति देखि गुजरातीहरूलाई अवगत गराउने उत्तम पहल गरिएको बताए। गुजराती भाषा र नेपाली भाषामा पचास प्रतिशत समानता रहेको उल्लेख गर्दै सोमनाथ देखि पशुपतिनाथ सम्मको संस्कृति र परम्परामा एकात्मता छ भनि उपस्थित विद्वानहरूले विचार प्रकट गरे। नेपाली संस्कृति परिषद सिक्किमका महासचिव डिकेन्द्र पौड्यालले न्यानो सम्मान र माया प्रदर्शित गरेकोमा समस्त गुजराती समाज विषेश गरि स्वामीनारायण मन्दिर , त्यहाँका महन्त स्वामी भगवत्प्रियदासी महाराज र आर्य समाज प्रति आभार व्यक्त गरे।

About Author

Advertisement