भारत एवं पाकिस्तानले साझा गरे परमाणु प्रतिष्ठानहरूको सूची

00-1-Rashtriya-Samachar-3

नयाँ दिल्लीः भारत एवं पाकिस्तानले आज नयाँ दिल्ली तथा इस्लामाबादमा राजनयिक च्यानलहरूको माध्यमबाट दुवै देशबीच परमाणु पतिष्ठान तथा सुविधाहरूविरूद्ध आक्रमणलाई रोक्ने समझौता अन्तर्गत सामेल परमाणु प्रतिष्ठान एवं सुविधाहरूको सूची आदान-प्रदान गऱ्यो।

उल्लेखनीय छ, यस समझौतामा ३१ दिसम्बर, १९८८-मा हस्ताक्षर गरिएको थियो। अन्य विषयसँगसँगै यसमा प्रावधान रहेको छ, भारत र पाकिस्तानले पहिलो जनवरीको दिन समझौता अन्तर्गत सामेल गरिने परमाणु प्रतिष्ठान एवं सुविधाहरूको बारेमा एका-अर्कालाई सूचित गर्नेछ। यो दुवै देशबीच यस्ता सूचीहरूको लगातार ३३औं आदान-प्रदान हो। पहिलो आदान-प्रदान १ जनवरी, १९९२-मा भएको थियो।

-हिस

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement