नयाँ दिल्लीः भारतीय अन्तरिक्ष अनुसन्धान सङ्गठन (इसरो)-ले सोमवार फेरि अर्को इतिहास रचेको छ। इसरोले नयाँ वर्षको पहिलो दिन सोमवार एक्स-रे पोलरिमीटर उपग्रह प्रक्षेपण गऱ्यो। यसको उद्देश्य ब्ल्याकहोल जस्तो आकाशीय पिण्डहरूको रहस्यहरूको अध्ययन गर्नु हो। इसरो प्रमुख एस सोमनाथले सफल परीक्षणको सन्दर्भमा भने, आज फेरि अर्को सफल अभियान पूरा भएको छ। भनले भने, यो खगोलीय श्रोतहरूबाट एक्स-रे उत्सर्जनको अन्तरिक्ष आधारित ध्रुवीकरण मापमा अध्ययन गर्नको लागि अन्तरिक्ष एजेन्सीको पहिलो समर्पित वैज्ञानिक उपग्रह हो।
एस सोमनाथले भने, सबैभन्दा भरोसायोग्य ध्रुवीय उपग्रह प्रक्षे धुपण यान (पीएसएलवी)-ले आफ्नो सी ५८ मिशनमा मुख्य एक्स-रे पोलरिमीटर उपग्रहलाई पृथ्वीको ६५० किलोमीटर तल्लो कक्षामा स्थापित गऱ्यो। पीएसएलवीले यहाँ पहिलो अन्तरिक्ष तलदेखि बिहान ९ बजेर १० मिनटमा उड़ान भरेको थियो। सफल मिशन पश्चात मीडियासित बातचित गर्दै इसरो अध्यक्ष एस सोमनाथले भने, १ जनवरी, २०२४-मा पीएसएलवीको फेरि अर्को सफल अभियान पूरो भयो। पीएसएलवी-सी ५८-ले प्रमुख उपग्रह एक्सपोसैटलाई निर्धारित कक्षमा स्थापित गरिदिएको छ। यस बिन्दुदेखि पीएसएलवीको चौथो चरणको कक्षा समेटेर तल्लो कक्षामा परिवर्तन हुनेछ जहाँ पीएसएलवीको माथिल्लो चरण जसलाई ‘पोअम’ बताइएको छ र त्यसले पेलोडसित प्रयोग गर्नेछ अनि त्यसमा केही समय लाग्नेछ।
-हिस










