गान्तोक: सिक्किम एथलेटिक एसोसिएसनले नाम्ची पब्लिक स्कूलको खेल मैदानमा जिल्ला स्तरीय एथलेटिक मीट २०२३ सफलतापूर्वक आयोजना गऱ्यो। खेलकुद तथा युवा मामिला विभागको सहकार्यमा भएको उक्त कार्यक्रममा १४, १६ वर्षमुनिका र खुला विधामा केटा, केटी, पुरुष र महिलाका लागि प्रतिस्पर्धा गरिएको थियो। कार्यक्रममा खेलकूद विभाका अधिकारी छिरिङ ओङ्मु भोटिया, बसन्त प्रधान, सिक्किम एथलेटिक संघका सदस्यहरू, अन्य अधिकारीहरू, कर्मचारीहरू, प्रशिक्षकहरू र सहभागीहरू उपस्थित थिए। एथलेटिक मिटमा लङ जम्प, ६० मिटर दौड, ६०० मिटर दौड र १४ वर्षमुनिका केटा तथा केटीका लागि भाला दौड, जबकी १६ वर्षमुनिका सहभागीहरूले सटपुट, भाला, लामो जम्प, ६० मिटर दौडमा आफ्नो सीप प्रदर्शन गरेका थिए। खुल्ला वर्गमा १००, ४००, १५०० र १०००० मिटर दौड, सटपुट, लङ जम्प र भाला जस्ता प्रतियोगिताहरू थिए।

विजेताहरूले फरवरी १६ देखि १८ तारिखमा तय भएको जुनियर एथलेटिक्स मीट २०२४ गुजरातमा भाग लिने अवसर पाउनेछन्।











