इण्डिपेण्डेन्स कपः एमएम तराई र जेपीएफसी बाघडुग्रा दोस्रो राउण्डमा

२५ जुलाईः दुधे युथ क्लबको तत्त्वावधानमा आयोजित इण्डिपेण्डेन्स कप २०२२ फूटबल टुर्नामेण्टमा सोमवार दुईवटा म्याच थियो। स्थानीय दुधे खेल मैदानमा आज लोहागढ़ एफसी-को टीम नआउँदा एमएम तराईले वक्ओभर पाएर दोस्रो राउण्डमा स्थान बनायो। यसरी नै दोस्रो म्याच जेपीएफसी बाघडुग्राले कमल सेभेनलाई ३-०-ले पराजित गऱ्यो। विजेता टीमबाट आलम, जन राई र शिव राईले गोल गरे। मंगलवारदेखि दोस्रो राउण्ड शुरु हुनेछ। भोलि खेलिने पहिलो म्याचमा एनएक्सबीएफसी नक्सल र दुधे फूटबल एकाडमीबीच भिड़न्त हुनेछ भने दोस्रो म्याच पानीघट्टा एफसी र भाका बोइजबीच खेलिनेछ। यस सेभेन ए साइड टु्र्नामेण्टमा च्याम्पियन हुने टीमलाई ट्रफीको साथमा ५० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनरअप् हुने टीमलाई ३० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। टुर्नामेण्टमा जम्मा ३२ वटा टीमले हिस्सा लिएको छ भनी आयोजक समितिको पक्षमा कोषाध्यक्ष विशाल शर्माले जनाएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement