अध्यात्मद्वारा विश्वमा सदभावना सम्भव छ- श्री सतपालजी महाराज

IMG-20231231-WA0213.jpg

सम्मेलनमा सिक्किमका मुख्यमन्त्री श्री प्रेमसिंह तामांगलाई भव्य अभिनन्दन लगढी, ३१ दिसम्बर- प्रत्येक बर्ष झैं यो वर्ष  पनि सिलगढीको सिलगढी: प्रत्येक बर्ष झैं यो वर्ष  पनि सिलगढीको सालुगाड़ास्थित मझुवा गाउँको उत्तर पलासमा स्थित मानव धर्म आश्रमक  परिसरमा आजदेखि सद्भावना सम्मेलनको  शुरुआत भएको छ।  मानव धर्मका प्रणेता सद्गुरुदेव श्री सतपालजी महाराजले सम्मेलनलाई स गर्दै  भन्नुभयो- यो सद्भावना सम्मेलन दुई दिनको सम्मेलनको आज प्रथम दिन हो। हामी चाहन्छौ देशमा सद्भावना होस् प्रदेशमा सद्भावना होस, गाउँमा सद्भावना होस्, अनि घरमा सद्भावना होस्। मानव धर्मको प्रचारले समाजमा व्यापक परिवर्तन भएको छ।

डुवर्सको आदिवासी क्षेत्रको प्रसंगमा उहाँले भन्नुभयो- मानव धर्मको प्रचारले आदिवासी क्ष्रेत्रमा ठूलो प्रभाव परेको जहाँ शुरुमा चिया बगान क्षेत्रका गरीब श्रमिकहरूमा मदपानको सेवनले परिवार  नष्ट भएको थियो, मानव धर्मको प्रचार भएदेखि यता त्यहाँको जनजीवनमा सुधार आएको छ। यो सद्भावनाको प्रभाव हो । हामी चहान्छौँ यहाँ सद्भावनाको प्रचार होस् अनि पर्यटनको पनि विकाश होस् यो समग्र क्षेत्रको रुपमा धेरै विकशित हुनसक्छ भन्ने मेरो विचार छ। यो क्षेत्रमाा पनि उत्तराखण्डमा झैं महाभारत सर्किटको रुपमा विकशित हुनसक्छ, सिक्किममा किरातेश्वर महादेवलाई मानिन्छ, उसरी नै मणिपुर, नागाल्याणड क्षेत्र पनि महाभारतसित जोड़िएका क्षेत्रहरू हुन्। यी सबै क्षेत्रहरूमा धार्मिक पर्यटनमा विकास गर्न सकिन्छ। यसरी भारत विस्तारै विविध विकाशको क्षेत्रमा अग्रसर भैराखेको छ।  मानव उत्थान सेवा समिति उत्तर पूर्वाञ्चल  क्षेत्रको तत्वावधानमा सम्पन्न भएको दुइ दिवसीय सदभावना सम्मेलनको प्रथम दिन आज ३१ दिसम्बर बेलुकी मानव धर्मका प्रणेता सदगुरुदेव श्री सतपालजी महाराज र सम्मेलनका प्रमुख प्रमुख अतिथि सिक्किम सरकारका सम्माननीय मुख्यमन्त्री  श्री प्रेमसिङ गोले र विशिष्ट अतिथि सिक्किम बिधानसभाका स्पीकर अरुण उप्रेतीको करकमलबाट दीप प्रज्वलन भई  शुभ उदघाटन भएको थियो।

सम्मेलनमा आफ्ना गरिमामय उपस्थितिको लागि मानव उत्थान सेवा समिति उत्तर पूर्वाञ्चल क्षेत्रको तर्फबाट सिक्किम सरकारका सम्माननीय मुख्यमन्त्री श्रीमान् प्रेमसिंह तामाङ ( गोले) र बिधानसभाका अध्यक्ष श्री अरुण उप्रेतीलाई भव्य अभिनन्दन जनाइएको थियो। श्री सतपालजी महाराजको बाहुलीबाट मुख्यमन्त्रीलाई दोसल्ला ओड्याएर अभिनन्दन पत्र प्रदान गरिएको थियो। सिक्किम राज्यमा मानव धर्मको प्रचार- प्रसारको लागि पाकिम , पेलिङ आदि स्थानहरूतिर  मानव धर्म आश्रम  निर्माणमा दिईरहनुभएको  उल्लेखनीय योगदानको निम्ति उहाँलाई समितिले आभार प्रकट  गरेका थिए। समारोहका प्रमुख अतिथि मुख्यमन्त्री पी.एस.गोले र विशिष्ट अतिथि बिधान सभा अध्यक्ष अरुण उप्रेतीले पनि माल्यार्पण गरी श्री महाराजजीलाई अभिवादन जनाएका थिए।  समाजमा आध्यात्मिक- सामाजिक र नैतिक शिक्षाको विकासमा र समाज सेवाको क्षेत्रमा मानव उत्थान सेवा समिति र मानव सेवा दलले श्री महाराजजीको कुशल नेतृत्वमा दिईरहेको अमूल्य योगदानहरूको प्रशंसा गरेका थिए। समितिका यस्ता महत कार्यको लागि आफ्नो पक्षबाट सदैव सहयोग पुर्याउने वचन पनि दिए। सम्मेलनको प्रथम दिन भारत नेपालका विभिन्न प्रान्तहरूबाट आएका सन्त महात्मा बाईजीहरूमध्ये   महात्मा नन्दिनी बाईजी, महात्मा दक्षिणा बाईजी, महात्मा हरिसन्तोषानन्दजी, महात्मा चमेली बाईजी  आदि लगायत डा.जे.पी.अग्रवालले  पनि सम्बोधन गरेका थिए। विशिष्ट भजन गायक कलाकारहरूद्वारा नेपाली, हिन्दी, बङ्गला, साद्री भाषामा  भजनहरू लगायत विभिन्न तहसीलका  बाल सभा र युवा प्रकोष्टका कलाकारहरूले विभिन्न सांस्कृतिक नृत्य, सामूहिक नाटक आदि प्रस्तुत गरेका थिए। खबर लेखुञ्जेल सदभावना सम्मेलनको विराट मञ्चमा कार्यक्रम चलीरहेको थियो। 

सम्मेलनको प्रथम दिनको पूर्वाध्दको कार्यक्रम बिहान दश बजीदेखि  सदभावना परेड मैदानमा सम्पन्न भएको थियो।  पूर्वार्द्धको कार्यक्रम लाई सम्बोधन गर्दै श्री महाराजजीले भन्नुभयो-‘ हाम़्रो  भारत देशले प्रत्येक क्षेत्रमा विश्वमा आफ्नो शान राखेको छ। विश्वमा  भारतको जय जयकार भईरहेछ। अध्यात्मको क्षेत्रमा भारत सदैव विश्व गुरु भएर रहनेछ। यसैले मानव  दल सदैव राष्ट्रको सेवामा समर्पित हुनुपर्छ।  उनले सबैलाई  जन-जनमा सदभावना फैलाउने आह्वान  गरेका थिए। सद्भावनाको मूल स्रोत अध्यात्म भएकोले प्रत्येक व्यक्तिले अध्यात्मप्रति रुची राख्नुपर्ने कुरो उनले बताए। सबैले आफ्नो भाषा साहित्य, संस्कृतिको संरक्षण  र सम्बर्द्धन गर्नुपर्ने  आह्वान गरेका थिए। नेपाली भाषाको संवैधानिक मान्यतामा विगतमा आफूले दिएको योगदानको स्मरण  गर्दै मान्यताप्राप्त भाषालाई तपाईँहरूले अझ समृद्ध बनाएर लिनुहोस् भनी निवेदन पनि गरे अनि नेपाली भाषा राम्रो भाषा भनी मन्तव्य पनि दिए।
सम्मेलनको प्रथम दिनको पूर्वाद्धको कार्यक्रम अन्तर्गत  बिहान १० बजीदेखि मानव सेवा दलको मण्डल स्तरीय  शानदार पीटी परेड सम्पन्न भएको थियो। जसमा दार्जीलिङ मण्डल, सिक्किम मण्डल र डुवर्स मण्डलका  नारी र पुरुष स्वयंसेक- सेविकाहरूको अलग अलग टोलीले भाग लिएका लिए। पी टी परेडलाई श्री हंस ब्याण्डले साथ दिएका थिए।
पी टी परेड सकिएपछि बाल सभा र आध्यात्मिक युवा संगठनका विभिन्न तहसीलका विशिष्ट कलाकारहरूले नेपाली, साद्री, भोजपुरी, हिन्दी भाषामा विभिन्न सांस्कृतिक नृत्य, झाँकी, नाटक आदि प्रस्तुत गरेका थिए। विभिन्न तहसीलका बालसभा र युवा प्रकोष्टका कलाकारहरूद्वारा प्रस्तुत गरेका साकेला नृत्य, सिङ्गी नृत्य लगायत अन्य विभिन्न भाषाका सांस्कृतिक कार्यक्रमहरू हेरेपछि श्री महाराजजी एवम् दिव्य परिवार अति नै प्रशन्न भएका  भए। पी टी परेड र सांस्कृतिक कार्यक्रममा सहभागी र बिजयी सबैलाई श्री महाराजजीको बाहुलीबाट पारितोषिक पनि वितरण गरेका थिए। भारत-नेपालका विभिन्न प्रान्तहरूबाट आएका आत्मानुभवी सन्त महात्मा-बाईगण लगायत हजारौं भक्त समुदाय यस पूर्वाध्द चरणको कार्यक्रमको साक्षी बनेका थिए।
पूर्वार्द्धको कार्यक्रम सकिएपछि दिउँसो तीन बजीदेखि श्री महाराजजी एवम् दिव्य परिवारले भक्त समुदाय दर्शन पनि दिए। 
३१ दिसम्बर बेलुकी १२ बजी वर्ष २०२३ लाई विदा दिदै हजारौं भक्तजनको करकमलबाट दीप प्रज्वलन गरी यी बलेका दीपहरू झैँ समस्त मानव ह्रदयमा अध्यात्मको  दीप नयाँ  वर्ष २०२४ मा जलीरहोस् भन्ने कामना सहित नयाँ  वर्षलाई स्वागत गर्ने कार्यक्रम  पनि रहेको थियो।      

आजदेखि सद्भावना सम्मेलनको  शुरुआत भएको छ ।  मानव धर्मका प्रणेता सद्गुरुदेव श्री सतपालजी महाराजले सम्मेलनलाई स गर्दै  भन्नुभयो – यो सद्भावना सम्मेलन दुई दिनको सम्मेलनको आज प्रथम दिन हो । हामी चाहन्छौ देशमा सद्भावना होस् प्रदेशमा सद्भावना होस, गाउँमा सद्भावना होस्, अनि घरमा सद्भावना होस् । मानव धर्मको प्रचारले समाजमा व्यापक परिवर्तन भएको छ । डुवर्सको आदिवासी क्षेत्रको प्रसंगमा उहाँले भन्नुभयो – मानव धर्मको प्रचारले आदिवासी क्ष्रेत्रमा ठूलो प्रभाव परेको जहाँ शुरुमा चिया बगान क्षेत्रका गरीब श्रमिकहरूमा मदपानको सेवनले परिवार  नष्ट भएको थियो, मानव धर्मको प्रचार भएदेखि यता त्यहाँको जनजीवनमा सुधार आएको छ । यो सद्भावनाको प्रभाव हो । हामी चहान्छौँ यहाँ सद्भावनाको प्रचार होस् अनि पर्यटनको पनि विकाश होस् यो समग्र क्षेत्रको रुपमा धेरै विकशित हुनसक्छ भन्ने मेरो विचार छ । यो क्षेत्रमाा पनि उत्तराखण्डमा झैं  महाभारत सर्किटको रुपमा विकशित हुनसक्छ, सिक्किममा किरातेश्वर महादेवलाई मानिन्छ, उसरी नै मणिपुर, नागाल्याणड क्षेत्र पनि महाभारतसित जोड़िएका क्षेत्रहरू हुन् । यी सबै क्षेत्रहरूमा धार्मिक पर्यटनमा विकास गर्न सकिन्छ।   यसरी भारत विस्तारै विविध विकाशको क्षेत्रमा अग्रसर भैराखेको छ ।  मानव उत्थान सेवा समिति उत्तर पूर्वाञ्चल  क्षेत्रको तत्वावधानमा सम्पन्न भएको दुइ दिवसीय सदभावना सम्मेलनको प्रथम दिन आज ३१ दिसम्बर बेलुकी मानव धर्मका प्रणेता सदगुरुदेव श्री सतपालजी महाराज र सम्मेलनका प्रमुख प्रमुख अतिथि सिक्किम सरकारका सम्माननीय मुख्यमन्त्री  श्री प्रेमसिङ गोले र विशिष्ट अतिथि सिक्किम बिधानसभाका स्पीकर अरुण उप्रेतीको करकमलबाट दीप प्रज्वलन भई  शुभ उदघाटन भएको थियो । सम्मेलनमा  आफ्ना   गरिमामय उपस्थितिको लागि मानव उत्थान सेवा समिति उत्तर पूर्वाञ्चल क्षेत्रको  तर्फबाट  सिक्किम सरकारका सम्माननीय मुख्यमन्त्री श्रीमान् प्रेमसिंह तामाङ ( गोले) र बिधानसभाका अध्यक्ष श्री अरुण उप्रेतीलाई भव्य अभिनन्दन जनाइएको थियो ।  श्री सतपालजी महाराजको बाहुलीबाट मुख्यमन्त्रीलाई दोसल्ला ओड्याएर अभिनन्दन पत्र प्रदान गरिएको थियो। सिक्किम राज्यमा मानव धर्मको प्रचार- प्रसारको लागि पाकिम , पेलिङ आदि स्थानहरूतिर  मानव धर्म आश्रम  निर्माणमा दिईरहनुभएको  उल्लेखनीय योगदानको निम्ति उहाँलाई समितिले आभार प्रकट  गरेका थिए।  समारोहका प्रमुख अतिथि मुख्यमन्त्री पी.एस.गोले र विशिष्ट अतिथि बिधान सभा अध्यक्ष अरुण उप्रेतीले पनि माल्यार्पण गरी श्री महाराजजीलाई अभिवादन जनाएका थिए।  समाजमा आध्यात्मिक- सामाजिक र नैतिक शिक्षाको विकासमा र समाज सेवाको क्षेत्रमा मानव उत्थान सेवा समिति र मानव सेवा दलले श्री महाराजजीको कुशल नेतृत्वमा दिईरहेको अमूल्य योगदानहरूको प्रशंसा गरेका थिए। समितिका यस्ता महत कार्यको लागि आफ्नो पक्षबाट सदैव सहयोग पुर्याउने वचन पनि दिए।   सम्मेलनको प्रथम दिन भारत नेपालका विभिन्न प्रान्तहरूबाट आएका सन्त महात्मा बाईजीहरूमध्ये   महात्मा नन्दिनी बाईजी, महात्मा दक्षिणा बाईजी , महात्मा हरिसन्तोषानन्दजी, महात्मा चमेली बाईजी  आदि लगायत डा.जे.पी.अग्रवालले  पनि सम्बोधन गरेका थिए। विशिष्ट भजन गायक कलाकारहरूद्वारा नेपाली , हिन्दी , बङ्गला, साद्री भाषामा  भजनहरू लगायत विभिन्न तहसीलका  बाल सभा र युवा प्रकोष्टका कलाकारहरूले विभिन्न सांस्कृतिक नृत्य , सामूहिक नाटक आदि प्रस्तुत गरेका थिए। खबर लेखुञ्जेल सदभावना सम्मेलनको विराट मञ्चमा कार्यक्रम चलीरहेको थियो। 

सम्मेलनको प्रथम दिनको पूर्वाध्दको कार्यक्रम बिहान दश बजीदेखि सदभावना परेड मैदानमा सम्पन्न भएको थियो। पूर्वार्द्धको कार्यक्रम लाई सम्बोधन गर्दै श्री महाराजजीले भन्नुभयो-
हाम़्रो  भारत देशले प्रत्येक क्षेत्रमा विश्वमा आफ्नो शान राखेको छ। विश्वमा  भारतको जय जयकार भईरहेछ। अध्यात्मको क्षेत्रमा भारत सदैव विश्व गुरु भएर रहनेछ। यसैले मानव  दल सदैव राष्ट्रको सेवामा समर्पित हुनुपर्छ। उनले सबैलाई  जन – जनमा सदभावना फैलाउने आह्वान  गरेका थिए। सद्भावनाको मूल स्रोत अध्यात्म भएकोले प्रत्येक व्यक्तिले अध्यात्मप्रति रुची राख्नुपर्ने कुरो उनले बताए। सबैले आफ्नो भाषा साहित्य , संस्कृतिको संरक्षण  र सम्बर्द्धन गर्नुपर्ने  आह्वान गरेका थिए। नेपाली भाषाको संवैधानिक मान्यतामा विगतमा आफूले दिएको योगदानको स्मरण  गर्दै मान्यताप्राप्त भाषालाई तपाईँहरूले अझ समृद्ध बनाएर लिनुहोस् भनी निवेदन पनि गरे अनि नेपाली भाषा राम्रो भाषा भनी मन्तव्य पनि दिए।
सम्मेलनको प्रथम दिनको पूर्वाद्धको कार्यक्रम अन्तर्गत  बिहान १० बजीदेखि मानव सेवा दलको मण्डल स्तरीय  शानदार पीटी परेड सम्पन्न भएको थियो। जसमा दार्जीलिङ मण्डल, सिक्किम मण्डल र डुवर्स मण्डलका  नारी र पुरुष स्वयंसेक- सेविकाहरूको अलग अलग टोलीले भाग लिएका लिए।  पी टी परेडलाई श्री हंस ब्याण्डले साथ दिएका थिए।
पी टी परेड सकिएपछि बाल सभा र आध्यात्मिक युवा संगठनका विभिन्न तहसीलका विशिष्ट कलाकारहरूले नेपाली, साद्री, भोजपुरी, हिन्दी भाषामा विभिन्न सांस्कृतिक नृत्य, झाँकी, नाटक आदि प्रस्तुत गरेका थिए।  विभिन्न तहसीलका बालसभा र युवा प्रकोष्टका कलाकारहरूद्वारा प्रस्तुत गरेका साकेला नृत्य, सिङ्गी नृत्य लगायत अन्य विभिन्न भाषाका सांस्कृतिक कार्यक्रमहरू हेरेपछि श्री महाराजजी एवम् दिव्य परिवार अति नै प्रशन्न भएका  भए। पी टी परेड र सांस्कृतिक कार्यक्रममा सहभागी र बिजयी सबैलाई श्री महाराजजीको बाहुलीबाट पारितोषिक पनि वितरण गरेका थिए।   भारत – नेपालका विभिन्न प्रान्तहरूबाट आएका आत्मानुभवी सन्त महात्मा – बाईगण लगायत हजारौं भक्त समुदाय यस पूर्वाध्द चरणको कार्यक्रमको साक्षी बनेका थिए।
पूर्वार्द्धको कार्यक्रम सकिएपछि दिउँसो तीन बजीदेखि श्री महाराजजी एवम् दिव्य परिवारले भक्त समुदाय दर्शन पनि दिए। 
३१ दिसम्बर बेलुकी १२ बजी वर्ष २०२३ लाई विदा दिदै हजारौं भक्तजनको करकमलबाट दीप प्रज्वलन  गरी  यी बलेका दीपहरू झैँ समस्त मानव ह्रदयमा अध्यात्मको  दीप नयाँ  वर्ष २०२४ मा जलीरहोस् भन्ने कामना सहित नयाँ  वर्षलाई स्वागत गर्ने कार्यक्रम  पनि रहेको थियो।      

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *