गोरुबथान डोजो सेन्सी अनिल राईलाई स्पोर्टस कराते एसोसिएसन अफ इण्डियाले प्रदान गरे चौथो डान

IMG-20231231-WA0241.jpg

गोरुबथान (महेश्वर प्रधान): गाेरुबथानको गैरी गाउँ निवासी सेन्सी अनिल राईलाई यसपटक स्पोर्टस कराते एसोसिएसन अफ इण्डियाले फोर्थ दानकाे प्रमाणपत्र प्रदान गरेको छ।विगत धेरै वर्ष अघिदेखि यस क्षेत्रमा उनले विद्यार्थी नानीहरुलाई करातेको शिक्षा प्रदान गरिरहेको छ।

नौवटा राज्यहरुमा बंगालको गोरुबथान डोजोमात्र दोस्रो स्थानमा रहेको छ।गोरुबथान डोजोको अनुशासन, उत्कृष्ट प्रदर्शनीको कारण सबैलाई उछिनेर दोस्रो स्थान हासिल गर्न सफल भएको छ।

सम्पुर्ण गोरुबथानकै लागि यो गर्वको विषय हो।चौथो डान प्रापक अनिल राईलाई हामी बधाई र शुभकामना टक्रयाउँदछौ।उनको उत्तरोत्तर प्रगति र सुस्वास्थ्यको पनि कामना गर्दछौ।

About Author

Advertisement