इण्डिपेण्डेन्स डे फूटबलः जंगपाना युनाइटेड दोस्रो राउण्डमा

२५ जुलाईः युनाइटेड सीडर्स फूटबल क्लबको तत्त्वावधानमा आयोजित इण्डिपेण्डेन्स डे ओपन नक् आउट फूटबलअन्तर्गत आइतवार पहिलो राउण्डको अन्तिम म्याच खेलियो। अप्पर सीडर्स खेल मैदानमा भएको म्याचमा जंगपाना युनाइटेडले मणि युनाइटेडलाई ५-१-ले पराजित गऱ्यो। यस म्याचको साथै टुर्नामेण्टको पहिलो राउण्ड समाप्त भयो।

आयोजकहरूले २७ जुलाईदेखि शुरु हुने दोस्रो राउण्डको क्रीड़ासूची (फिक्स्चर) जारी गरेका छन्। दोस्रो राउण्डमा जम्मा १४ वटा टीमले चुनौती पेश गर्नेछ। टुर्नामेण्टको फाइनल १५ अगस्तमा हुनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement