खरसाङ: खरसाङको ईभान फाउन्डेसनले अरेकल भोलेन्टियरको सहयोगमा खरसाङको देवरालीस्थित सन्त जोन्स स्कूलमा रंग लगाउने कार्य गरेका छन्। ईभान फाउण्डेशनको यस कार्यको लागि स्कूलका प्रधानाध्यापक यस स्कूलले रंग नदेखेको करीब १० वर्षभन्दा बढी भएको थियो तर आज यी फाउन्डेसनका नानीहरूले स्कूललाई नयाँ रूप दिएको छ भनी खुशी व्यक्त गरेका छन्।

यो स्कूल सन् १९९४ सालमा स्थापित भएता पनि धेरै वर्षसम्म बन्दावस्थामा रहेको थियो र फेरि स्थानीय मानिसहरूको कोशिषमा सञ्चालनमा आएको मात्र ३ वर्ष भयो। यस स्कूलमा प्राय: आर्थिक रूपमा विपन्न परिवारका नानीहरू पढ्ने गर्छन् र आज खरसाङका गैर सरकारी संस्था ईभान फाउन्डेसन यस स्कूललाई सहयोग पुर्याएर समाजमा सबैको निम्ति ठूलो उदाहरण पेश गरेका छन्। ईभान फाउन्डेसनका अध्यक्ष प्रशान्त शर्माले अरेकल भोलेन्टियर प्रशान्त प्रधानलाई रंगको व्यवस्था गरि दिएकोमा धन्यवाद चढाउँदै अनि सहयोगको निम्ति खरसाङ देवराली समष्टिका सभासद श्याम म शेर्पा अनि बिरेश लामा र स्कूलका शिक्षक शिक्षिकाहरू साथै गाउँवासीलाई पनि धन्यवाद दिएका छन्।