तृणमूल कङ्ग्रेसको बोर्ड गठन

सिलगढी: नीराम ग्राम पञ्चायतमा तृणमूल कङ्ग्रेसले बोर्ड गठन गरेको छ। उक्त ग्राम पञ्चायत नक्सलबारी खण्ड अन्तर्गत पर्ने गर्छ। तृणमूल कङ्ग्रेसले मनीराम ग्राम पञ्चायतको १८ वटा आसनमध्ये १२ वटा आसनमा जीत हासिल गरेको छ। आज तृणमूल कङग्रेसले यस ग्राम पन्चायतमा बोर्ड गठन पनि गरेको छ। मनीराम ग्राम पञ्चायतमा गौतम घोष प्रधान र रञ्जन चिकबराईक उप प्रधानको रुपमा चयनित भएका छन्। आजब समपन्न सभामा उपस्थित सर्वसम्मतिले प्रधान र उप प्रधानको नामहरूको घोषणा गरियो।यसरी बोर्ड गठन भएपछि तृणमूल कङ्ग्रेसका कार्यकर्ताहरूमा खुसीको माहौल छाएको छ।

About Author

Advertisement