प्रदेश भाजपा टोलीद्वारा केन्द्रिय गृह मन्त्री अमित शाहसॅंग भेट

IMG-20231231-WA0003.jpg

गान्तोक: भारतीय जनता पार्टी सिक्किमका उपाध्यक्ष तथा एनआरएलका स्वतन्त्र निदेशक सुदिप प्रधान, गान्तोकका विधायक वाईटी लेप्चा र एनसीडीएफआईका चेयरमेन मंगलजित राईले आज गुजरातको गान्धीनगरमा केन्द्रिय गृह मन्त्री एवं सहकारिता मन्त्री अमित शाहसॅंग भेट गरे।

गान्धीनगरमा एनसीडीएफआई भवनको शिलान्यास कार्यक्रममा केन्द्रिय गृह मन्त्रीसॅंग भेट भएको प्रदेश भाजपाले प्रेस विज्ञप्तिमा जनाएको छ।

यस भेट अवधि केन्द्रिय गृह मन्त्रीसॅंग सहकारिता र डेयरी मोडल फर्ममाथि सकारात्मक चर्चा भएको बताइएको छ। उनीहरूले सिक्किममा पनि उक्त मोडल लागू गर्न इच्छा व्यक्त गर्दै यसबाट राज्यलाई हुने सम्भावित लाभहरूमाथि चर्चा गरे। केन्द्रिय मन्त्री शाहले सिक्किम टोलीद्वारा यस क्षेत्रमा रुची देखाएकोमा खुशी व्यक्त गर्दै प्रशंसा गरेको विज्ञप्तिमा बताइएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement