चोरीको ४ वटा स्कुटी सहित ३ जना पक्राउ

IMG-20231231-WA0138.jpg

सिलगढी: भक्तिनगर थाना पुलिसले चोरी गरेको ४ वटा स्कुटी सहित ३ जनालाई इस्कॉन रोडबाटन पक्राउ गरेपछि आज जलपाईगढी अदालतमा पेश गर्यो। पक्रा परेकाहरूमा सिलीगुड़ी ३१ नंबर वार्ड निवासी रंजन रॉय अनि विजय रॉय र सुकान्त पल्ली गेट बाजार निवासी प्रीतम मण्डल सामेल छन्। पुलिस सूत्रले दिएको जानकारी अनुसार केही दिन अघि सिलगढीको सेभोक रोडबाट ३ वटा स्कुटी चोरी भएको थियो। अभियोगको आधारमा जाँचमा जुटेका पुलिसले विभिन्न ठाउँमा जडान गरेको सीसीटीभी क्यामारा जाँच गरेपछि सर्वप्रथम एकजनालाई चिन्हित गरेपछि पुलिसले प्रीतम मण्डल नाम गरेको एकजना युवकलाई पक्राउ गर्यो। यसपछि प्रीतमसित पुलिसले सोधखोज गरेर विजय राय र राजेन रायलाई पक्राउ गरेपछि तिनीसित केरकार गर्दा चोरी गरेको ४ वटा स्कुटी उद्धार गरेको बताइएको छ। पुलिसले घटनाको जाँच शुरू गरेको छ।

About Author

Advertisement