खरसाङ: खरसाङको लंगभ्यू चियाबारीको बन्दाखेती खेल मैदानमा स्व देवकुमार खाती स्मारक नकआउट फूटबल प्रतियोगिता शुरू भएको छ। बन्दखेती स्पोटिङ क्लबद्वारा आयोजित सम्पन्न प्रथम दिनको उद्घाटन म्याच खेलमा ३९ जीटीसी वाराणसी बनाम एसएसएफसी सालबारीमाझ सम्पन्न भयो जसमा ३९ वाराणासीले शुन्यको विरूद्ध चार गोल गरी विजयी भएका छन्। खेल शुरू हुन अघि स्व देवकुमार खातीको तस्वीरमा दीप प्रज्वलन गरियो साथै स्व खाती अनि पंखबारी लंगभ्यु अम्बटे समष्टिका कर्मठ सदस्य स्व फुलचन्द कुजुरको स्मरणमा दुई मिनटको मौन धारण गरियो। उक्त उद्घाटनी समारोहमा पंखाबारी-अम्बटे-लंगभ्यू समष्टिका कार्यकारी सभासद् कल्पना प्रधान मुख्य अतिथिको रूपमा उपस्थित थिइन् भने अन्य अथितिहरूमा पार्टीको केन्द्रिय समिति प्रतिनिधि सन्तोष लामा, महकुमा सचिव प्रणाम रसाइली, समष्टि सभापति अनि सचिव मणिराज डुम्जन अनि ललित प्रधान, अनुप रामुदामु, गाड़ीधुरा थाना प्रभारी लगायत अन्यहरू उपस्थित थिए। कार्यक्रममा विविध कार्यक्रमहरू पनि प्रस्तुत गरियो भनी जिनोद परियारले जानकारी दिएका छन्।