पार्किङ गरेर राखिएको ठाउँमै पुरियो गाड़ी

मंग्पु: लगातार परिरहेको पानीले गर्दा पैह्रो झरेर एउटा गाडी पैह्रोले पुरिएको छ। राष्ट्रीय राजमार्ग १० अन्तर्गत लोहापुलदेखि रोङचोङ बस्ती जाने सडकमा माथिबाट पैह्रो झरेर एउटा डब्ल्युबी ७४ क्यु २६७३ नम्बरको सफारी गाड़ी पुरिएको छ। लगातार रूपमा परेको मुसुलधारे पानीले गर्दा माथिबाट पैह्रो झरेर पार्किङ गरेर राखेको ठाँउमा नै गाडी पुरिएको जानकारी प्राप्त भएको छ। उक्त गाडीका मालिक लोहापुल निवासी नवीन मिश्रले बताए अनुसार आफ्नो गाडी गत राती पार्किङमा राखिरहेको समय पानी परेर पैह्रो झरेपछि पुरिएको हो। पैह्रोले गाडी पुरिए तापनि गाडी राखिएको ठाँउमा कोही नभएको कारण मानिसहरूलाई कुनै प्रकारको क्षति नपुऱ्याइएको बताइएको छ। अर्कोतिर, घटनाको खबर पाएर मङ्पु आउट पोस्ट पुलिसले घटना स्थलमा पुगेर पैह्रो ग्रस्त क्षेत्रको निरीक्षण गरिसकेको जानकारी प्राप्त भएको छ।

About Author

Advertisement