नयाँ दिल्ली: टेस्लाका सीईओ एलन मस्कले गुगलका सह-संस्थापककी पत्नीसँगको अफेयरको रिपोर्टलाई निराधार बताएका छन्। उनले गुगलका सह-संस्थापक सर्गेई ब्रिन र उनी साथी भएको बताए। पत्नीसँगको अफेयरको खबर बेकार हो भन्ने उनको भनाइ छ। मस्कले सोमबार ट्वीट गरेर यस रिपोर्टको जवाफ दिए। उले भने, ‘यी सबै निराधार छन्। सर्गेई र म साथी हौं। हिजो राती हामीसँगै पार्टीमा थियौं। पछिल्ला तीन वर्षमा मैले निकोललाई दुई पटक मात्र देखेको छु, दुवै पटक हाम्रो वरिपरि धेरै मानिसहरू थिए, केहि रोमान्टिक थिएनl’