अपराधीलाई दिइने मृत्युदण्डको प्रत्यक्ष प्रसारण गर्न अदालतद्वारा कानून संशोधन गर्न निर्देश जारी

court-symbol-copy

इजिप्टको एक अदालतले एक विद्यार्थीको हत्या गर्ने दोषीलाई दिइने मृत्युदण्डको सजाय प्रत्यक्ष प्रसारण गर्न अनुमति दिन कानुनी संशोधन गर्न आग्रह गरेको छ। गत महिना इजिप्टमा एक विद्यार्थीको हत्याको भिडियो भाइरल भयो, जसले देशभर सनसनी मच्चाएको थियो। यस भिडियोमा मोहम्मद अब्दुलले नायरा अशरफलाई छुरी प्रहार गरी हत्या गरेको देख्न सकिन्छ। वास्तवमा मोहम्मद अब्दुल नायरासँग नजिक हुन खोजेका थिए तर नायराले उनलाई अस्वीकार गरिन्।

त्यसपछि मोहम्मद अब्दुलले विश्वविद्यालय बाहिर नायराको छुरी प्रहार गरी हत्या गरेका थिए। अदालतले २२ वर्षीय मोहम्मद अब्दुललाई मृत्युदण्डको सजाय सुनाएको छ। संसदलाई लेखेको पत्रमा अदालतले मृत्युदण्डको केही अंश प्रसारण गर्दा पनि यस्ता घटना रोक्ने लक्ष्य हासिल गर्न सकिने बताएको छ। मृत्युदण्ड इजिप्टमा प्रसारण गर्न सकिँदैन। मृत्युदण्ड जेलभित्रै दिइन्छ। सन् २०१५ को संयुक्त राष्ट्रको सर्वेक्षण अनुसार इजिप्टमा करिब ८० लाख महिला हिंसाको शिकार भएका थिए।

About Author

Advertisement