कोलकाता: पक्रा परेपछि पार्थ च्याटर्जीले मुख्यमन्त्री ममता ब्यानर्जीलाई फोन गरेको भन्ने समाचार संचारमाध्यममा उजागर गरिएको छ। पक्राउको मेमोका अनुसार २३ जुलाईमा पक्रा परेपछि पार्थ च्याटर्जीले मुख्यमन्त्री ममता ब्यानर्जीलाई दिउँसो १:५५ बजे पहिलो फोन गरे तर फोन नउठाएको समाचारमा उल्लेख छ। नियमअनुसार पक्रा परेका व्यक्तिले आफ्नो नजिकका व्यक्तिलाई बोलाउन पाउने व्यवस्था छ। त्यसपछि ईडीले पार्थ च्याटर्जीलाई फोन गर्न अनुमति दिएको थियो।
प्रवर्तन निदेशालय (ईडी) का अधिकारीहरूले स्कूलमा रोजगारी सम्बन्धी कथित घोटालाको आरोपमा पक्राउ परेका पश्चिम बङ्गालका मन्त्री पार्थ च्याटर्जीलाई सोमबार ‘एयर एम्बुलेन्स’ मार्फत ओडिशाको राजधानी भुवनेश्वर लगे। यसअघि च्याटर्जीलाई सरकारी एसएसकेएम अस्पतालबाट एम्बुलेन्समा कोलकाता एयरपोर्ट लगिएको थियो। च्याटर्जीको एसएसकेएम अस्पतालमा उपचार भइरहेको थियो।