पुष्पनको ‘मैले जानिन होला’मा पूजाको प्रेममा बौलाएका नीर

Nirajan-Puja-Music-Video

निराजन र पूजा अभिनत मैले जानिन होलासार्वजनिक

‘मैले जानिन होला’मा निराजन प्रधान र पूजा शर्माको पहिलो पटक सहकार्य पुष्पनको ‘मैले जनाएँ होला’मा पूजाको प्रेममा बौलाएका निराजन प्रेमिकाको खुशी कहिले नहराओस् भन्न विक्षिप्त बनेका निराजन गायक पुष्पन प्रधानले सार्वजनिक गर्ने मायाले भरिएका गीतहरुलाई दर्शकले निक्कै रुचाएका छन्। यसैले, पनि यी गायकका गीतहरु दर्शकका लागि प्रतिक्षामा रहन्छ। उनै, पुष्पनको स्वरमा समावेश ‘मैले जानिन होला’ बोलको गीत सार्वजनिक गरिएको छ। आफ्नी प्रेमिकालाई माया गर्न आफूले नजाने पनि उसको खुशी कहिले नहराओस् भन्ने प्रेमीको चाहानामा रहेर यो गीत लेखिएको छ। सार्वजनिक गीतमा सञ्जित साना सानाको शब्द तथा संगीत रहेको छ, भने जोनी योन्जन तामाङको एरेन्ज र मास्टरिङ रहेको छ। यो गीतमा संजित साना सानाको शब्द तथा संगीत छ। गीतको शब्द र संगीत दुवै कर्णप्रिय छ। भिडियोमा नायिका पूजा शर्मा, कलाकार निराजन प्रधान र कलाकार हिउँवाला गौतमको अभिनय छ। ब्लड क्यान्सरले थलिएकी एक यूवतीले आफ्नो प्रेमीको खुशीका लागि कसरी उसलाई वास्तविक घटना लुकाउँछे भन्ने कथामा निर्देशक हरि हुमागाँईले मर्मस्पर्शी कथा बुनेका छन्। उत्तम हुमागाँइको छायांकन रहेको भिडियोलाई प्रविण श्रेष्ठले सम्पादन गरेका हुन्।

About Author

Advertisement