काठमाडौं: अहिलेसम्मको नेपाली चलचित्रको इतिहास हेर्ने हो भने धेरै चलचित्र विदेशमा प्रदर्शन भएका छन्। तर नेपालीले नेपाली कम्युनिटीमा नै व्यक्तिगत रुपमा टिकट बिक्री गरेर, रेस्टुरेन्ट तथा सभा हलमा प्रदर्शन गर्ने गरिएको छ। तर अब ‘प्रेमगन्ज’ भने सार्वजनिक रुपमै विदेश चलचित्र सरह विदेश दर्शकहरुमाझ थिएटर मै प्रदर्शन हुने भएको छ। अन्तर्राष्ट्रिय कम्पनीले नेपाली भाषाको चलचित्र यसरी प्रदर्शन गर्न लागेको यो नेपाली इतिहास मै पहिलो पटक हो। प्रेमगन्ज जर्मनी, अष्ट्रिया, पोल्यान्ड, माल्टा, डेनमार्क, नेदरल्यान्ड लगायत युरोपका ४४ देशमा प्रदर्शन हुने भएको छ।
चलचित्र प्रेमगन्जलाई जर्मनी अबस्थित लोका फिल्म इन्टरनेटले युरोप पर्दर्शन गर्दैछ। जुन जर्मनीको प्रतिष्ठित वितरक कम्पनी हो। ‘अन्तर्राष्ट्रिय रुपमा यसरी प्रदर्शन गर्ने हाम्रो यो पहिलो प्रयास हो। अहिले हामीले पैसा भन्दा पनि बाटो खोजिरहेका छौँ। यसले गर्दा भविष्यमा निर्माण हुने अन्य नेपाली चलचित्रलाई बाटो खुल्नेछ,’ निर्देशक परिच्छेद सेनले भने। निर्देशकले भने, ‘चलचित्रको टिजर विभिन्न देशका विभिन्न कम्पनीहरुलाई देखाइरहेको छौँ। सबैले नेपालमा पनि फिल्म इन्डस्ट्री छ? भनेर सोध्नु हुन्छ, यसरी सोध्दा भने दु:ख लाग्छ। तर एप्पल टीभी, गूगल टीभी, हट्स्टारलगायतले चलचित्र हेर्न खोजिरहेका छन्l इण्डिया रिलिज पनि पीभीआरजस्तो प्रतिष्ठित कम्पनीले वितरण गर्ने कुरा छ। हामी नयाँ फिल्म मेकर भएर पनि उनीहरुले हाम्रो फिल्मप्रति चासो देखाइरहेका छन्l हामीलाई फिल्म मेकर भनेर स्वीकार गरिरहेका छन्। हामी अहिले यतिमै खुशी छौंl’