नाबालिग बालकलाई उसको अभिभावक समक्ष सुम्पियो

e8f62172-3365-42c9-bf45-324c62089d8c

कालचिनीः गत २५ दिसम्बरको को राती आरपीएफ हाँसीमाराका प्रभारी सुदिप्ता दासगुप्ता र तिनको टोली कन्सटेबल अर्जुन क्षेत्री र राज कुमारले मुजनाई रेलवे स्टेशनमा एकजना असहाय ७ बर्षीय नाबालक केटालाई उद्धार गरेको थियो उक्त केटा बोल्न नसक्ने गुँगो रहेकोले कुनै परिचय नपाउँदा अभिभावक नभेटाइन्दा एवम् कसैले पनि उनको नाम र ठेगाना पहिचान दिन नसक्दा आरपीएफले उक्त नाबालक केटालाई अलिपुरद्वार सीडब्ल्यूसीमा सुम्पिएको थियो। तर बुधबार बिहान प्रायः ११.३० बजे उद्धार गरिएको नाबालक केटाको पिता श्याम ग्वाला मदारीहाट थाना अन्तर्गत पर्ने गोपालपुर चियाबारी निवासीलाई सुम्पिएको आरपीएफ सुत्रले जनाएका छन्।
उक्त गुँगो केटाको नाम युवराज ग्वाला रहेको पिता श्याम ग्वालाले बताएका छन्। सम्पूर्ण औपचारिकता पश्चात गुँगो केटा युवराज ग्वालालाई तिनको पिता श्याम ग्वालाको हातमा सुम्पिएको आरपीएफ हाँसीमाराका प्रभारी सुदीप्ता दासगुप्ताले जनाएकी छन्।

About Author

Advertisement