विश्व डुवर्स उत्सवमा साहित्यकार आसबहादुर सुब्बा र कवि ज्ञानलाल दर्नाल सम्मानित

37bfa8c8-3e56-4bc1-9ca6-21d011a094c7

कालचिनीः अलिपुरद्वार परेड मैदानमा बिहीबारदेखि शुरु भएको विश्व डुवर्स उत्सवमा कालचिनी सृजनशील समूहका दुईजना साहित्यिक स्रष्टा आसबहादुर सुब्बा र ज्ञानलाल दर्नाल सम्मानित भएको छ। साहित्यकार आसबहादुर सुब्बालाई डुवर्सरत्न सम्मानले सम्वर्द्धित गरिएको छ भने कवि ज्ञानलाल दर्नाललाई समाजसेवीको रुपमा सम्मानित गरिएको बताईएको छ।
यसै क्रममा कालचिनी भेगका कम्युनिटी करेस्पोन्डेन्ट हरिहर नागवंशीलाई पनि मेधा/कृति सम्मान प्रदान गरिएको छ।
यता साहित्यिक क्षेत्रमा परिचित वरिष्ठ साहित्यकार आसबहादुर सुब्बलाई डुवर्सरत्न सम्मान प्रदान गरिएकोमा सृजनशील समूहको संयोजक अबीर खालिङले विश्व डुवर्स उत्सव कमिटीलाई आभार व्यक्त गरेका छन्।
वयोवृद्ध भएका साहित्यकार आसबहादुर सुब्बालाई यो सम्मान प्रदान गर्नु उचित रहेको सृजनशील समूहको संस्थापक तथा संरक्षक रहेको आसबहादुर सुब्बा र कर्मठ सदस्य तथा कवि ज्ञानलाल दर्नाललाई समूहको सचिव चन्दन भट्टराईले बधाई टक्र्याएका छन्।

About Author

Advertisement