कठमाडौँ: नेपाल स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअनुसार पछिल्लो २४ घण्टामा देशमा थप ५६८ जना कोरोना भाइरसले ग्रसित भएको छन् भने यो रोगले आज १ जनाको मृत्यु पनि भएकाे छ।
मन्त्रालयअनुसार हिजो ४,८०० जनाको कोरोना परीक्षण गरेकोमा ५६८ जनामा संक्रमण पुष्टि भएको छ। (३,०८४ जनाको आरटी-पीसीआर परीक्षणमा ४५३ जना अनि १,७१६ जनाको एन्टीजेन परीक्षणमा ११५ जना गरी ५६८ जना)
देशभरी, पछिल्लो २४ घण्टामा कोरोनाबाट ९५ जना निको भएका छन् भने हाल सक्रिय संक्रमित मामिला ३,५३४ रहेको छ। ऐसै अवधिमा यस रोग बाट निको हुने दर ९८.४℅ दर्ता गरिएको छ।
अहिलेसम्म देशमा कोरोना संक्रमितको कुल संख्या ११,२५,६८२ पुगेको छ भने ११,९५७ जनाको मृत्यु भएको छ। यसरी नै ९,६८,५८४ जना कोरोनामुक्त भयर सामान्य जीवनमा पार्कियेका छन्।
अहिलेसम्म कोरोना रोधीको पूर्ण खोप लाउनेको कुल सङ्ख्या २,०६,०३,७६२ रहेको छ।