भारतीय हकी टीमका पूर्व कप्तान भारत छेत्रीलाई बंग भूषण सम्मान

IMG-20220725-WA0123.jpg

२५ जुलाईः भारतीय राष्ट्रिय हकी टीमका पूर्व कप्तान तथा ओलम्पियन भरत छेत्रीलाई पश्चिम बंगालको सर्वोच्च नागरिक सम्मान बंग भूषण-द्वारा सम्मानित गरिनेछ। आज कलकत्ताको नजरूल मञ्चमा हुने समारोहमा भारतीय हकी टीमका पूर्व गोलकीपरलाई बंग भूषण-द्वारा सम्मानित गरिनेछ। साल १९९८-मा बेंगलोरको साई केन्द्रबाट हकीको यात्रा शुरु गर्ने भरत छेत्रीले २००१-मा ढाकामा भएको प्राइम मिनिस्टर्स गोल्ड कप टुर्नामेण्टबाट भारतीय टीममा पदार्पण (डेब्यू) गरेका थिए। त्यसपछि अक्टोबर २०११-मा उनलाई पहिलोपल्ट भारतीय टीमका कप्तान नियुक्त गरिएको थियो। उनी २०१२-मा मलेशियामा भएको सुल्तान अजलान शाह कपमा काँस्य पदक जित्ने भारतीय टीमका कप्तान पनि थिए। उनकै कप्तानीमा भारतले २०१२-को लण्डन ओलम्पिकमा हिस्सा लिएको थियो। हाल सिलगढ़ी नजिक सालबारी निवासी ४० वर्षीय भरत छेत्री २०११ एशियन च्याम्पियनशीपमा स्वर्ण पदक जित्ने भारतीय टीमका हिस्सा पनि थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement