आईपीएस राजीव कुमार बने बंगालको नयाँ डीजीपी

Rajiv-Kumar

कोलकाता: पश्चिम बंगालमा राज्य पुलिसको डीजीपी पदको लागि नयाँ अधिकारी चयन गरिएको छ। राजीव कुमारलाई बंगालको नयाँ कार्यवाहक डीजीपी बनाइएको छ। बुधबार बसेको मन्त्री परिषदको बैठकले यस्तो निर्णय गरेको हो। वर्तमान पुलिस महानिदेशक मनोज मालवीयको सेवानिवृत्तिको खबरका बीच यो निर्णय लिइएको हो। स्रोतका अनुसार भगवतीप्रसाद गोपालिका राज्यको भावी मुख्य सचिव बन्ने भएका छन्। राज्य पुलिस डीजीपी मनोज मालवीयको कार्यकाल पनि समाप्त हुँदैछ। उक्त पदको नामलाई लिएर पनि अड्कलबाजी भएको थियो। स्रोतका अनुसार राजीव कुमारको यो ‘कमब्याक’ निकै महत्वपूर्ण हुनेछ। हालसम्म उनले सूचना तथा प्रविधि विभागको प्रमुख सचिवको जिम्मेवारी सम्हाल्दै आएका थिए। राज्य सरकारले जारी गरेको आदेशमा मनोज मालवीयलाई राज्य पुलिस सल्लाहकार बनाएको उल्लेख छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement