भागोप्रमो टोलीद्वारा सिक्किमको पूर्व मुख्यमन्त्री पवन चामलिङको घर पुगेर समवेदना प्रकट

IMG-20231228-WA0050.jpg

दार्जीलिङ: हालमा मातृ शोकमा परेका सिक्किमका पूर्व मुख्यमन्त्री पवनकुमार चामलिङको निवासमा पुगेर भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको पक्षमा उपाध्यक्ष एंव सभासद सतिस पोख्रेल र भागोप्रमो केन्द्रीय प्रवक्ता केशवराज पोख्रेलले शोक समवेदना प्रकट गरेका छन्। दुवैले सिक्किमको पूर्व मुख्यमन्त्री पवन कुमार चामलिङ लगायत शोकाकूल परिवारसित भेटघाट गरी शोक समवेदना प्रकट गरेको प्रवक्ता केशवराज पोख्रेलले बताएका छन्। उनले एक प्रेस विज्ञप्ति जारी गरी बताएका छन् -‘हालमा पार्टी अध्यक्ष एवं जीटीएका प्रमुख कार्यपाल अनित थापा प्रशासनिक कार्य व्यस्तताको कारण दार्जीलिङदेखि बाहिर हुनु। यसैले उनको निर्देश मुताविक भागोप्रमो केन्द्रीय समिति उपाधक्ष्य सतीस पोखरेल, म लगायत अन्य प्रतिनिधि टोलीले पवन कुमार चामलिङसित भेटघाट गरी पार्टी अध्यक्ष अनित थापा लगायत पार्टीको तर्फबाट शोक सम्वेदना प्रकट गरियो।

यस दुःखद घडीमा समग्र दार्जीलिङ पहाडवासी शोकाकूल परिवारको साथमा रहेको छ। यो दुःखद बज्राघात झेल्ने आत्मिक शक्ति ईश्वरले शोकाकुल परिवारलाई प्रदान गरून् भन्ने प्रार्थना गर्दछौं।’

About Author

Advertisement