सिलगढीको गोंसाइपुरमा भएको भीषण दुर्घटनामा १ जनाको मृत्यु, ५ घाइते

IMG-20231228-WA0139.jpg

गोसाईपुर: गोसाईपुरमा बोलेरो कार अनियन्त्रित भएर यात्रुबाहक बससँग ठोक्किदा दुर्घटना भएको छ। बागडोग्राको गोसाइपुरस्थित एसियाली राजमार्ग २ राष्ट्रिय राजमार्गमा बिहीबार बिहान भएको घटनाले क्षेत्रमा हडकंप फैलियो।स्थानीय मानिसहरुले घाइतेहरूलाई निकालेर उत्तर बङ्गाल मेडिकल कलेज र अस्पताल पुर्याएका थिए।यस घटनामा एक जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन्। जसमध्ये २ जनाको अवस्था गम्भीर रहेको बताइएको छ।स्थानीयवासीबाट प्राप्त जानकारी अनुसार बोलेरो कार कालिम्पोङतर्फ गइरहेको थियो।

दुर्घटनाको जानकारी पाएलगत्तै बागडोगरा पुलिस घटनास्थलमा पुगेर दुर्घटनाग्रस्त कारलाई क्रेनले उठाएर थानामा ल्याएका थिए। बोलेरो चालकको गल्तीका कारण दुर्घटना भएको स्थानीयले बताएका छन्। बिहानको कुहिरोका कारण यो दुर्घटना भएको हुनसक्ने अनुमान गरिएको छ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *