विश्व स्ट्रेन्थलिफ्टिङ च्याम्पियनशीपमा सिक्किमलाई ७ स्वर्णलगात २५ पदक

IMG-20231228-WA0001.jpg

गान्तोक: गत १८ देखि २१ दिसम्बरसम्म तेलङ्गानाको हैदरावादमा आयोजित १०औं विश्व स्ट्रेन्थलिफ्टिङ इनक्लाइन बेञ्च प्रेस च्याम्पियनशीपमा सिक्किमका खेलाड़ीहरूले ७ वटा स्वर्णलागयत जम्मा २५ वटा पदक जितेका छन्। उक्त च्याम्पीयनशीपमा सिक्किमका २५ जना खेलाड़ीले सहभागिता जनाएका थिए भने सबै खेलाड़ीले कम्तिमा एउटा पदक लिएर फर्किएका छन्।

आज राजधानीको एउटा होटलमा सानो कार्यक्रमबीच सिक्किम स्ट्रेन्थलिफ्टिङ एसोसिएशनले सबै खेलाड़ीहरूलाई यस उल्लेखनीय उपलब्धीकालागि बधाई दियो। एसोसिएशनका अध्यक्ष तेञ्जिङ डी डेञ्जोङ्गपाले यस अन्तर्राष्ट्रिय च्याम्पियनशीपमा सिक्किमका वरिष्ट अनि युवा खेलाड़ीहरूको उपलब्धी सराहनीय रहेको बताए। राज्यमा स्ट्रेन्थलिफ्टिङ खेलको विकास द्रूत गतिमा भइरहेको मन्तव्य व्यक्त गर्दै आगामी दिनमा राज्यले धेरैजना राष्ट्रिय अनि अन्तर्राष्ट्रिय स्तरका च्याम्पियन खेलाड़ी तयार पार्ने उनले आशा व्यक्त गरेका छन्।

यस च्याम्पियनशीपमा च्याम्पियनशीपमा सिक्किमले ७ वटा स्वर्ण, १२ वटा रजत र ६ वटा काँस्य पदक ल्याएको छ। सिक्किमबाट देशकालागी मेडल जित्ने खेलाड़ीहरूमा पेमा दोर्जी भोटिया (दुई रजत), कपिल दर्नाल (एक रजत, एक काँस्य), जीवन खरेल (एक पजत), इमान्यूएल दर्जी (एके रजत), विरेन्द्र मगर (एक रजत, एक काँस्य), भीम राज गुरुङ (एक रजत), पेम्पा तामाङ (दुई काँस्य), आरद दोर्जी भोटिया (एक रजत), छेवाङ लेण्डुप भोटिया (एक स्वर्ण, एके रजत), मनिषा तिवारी (दुई रजत), मधु महल माझी (एक स्वर्ण, एक काँस्य), सरस्वती रसाइली (२ स्वर्ण), मोनिका बस्नेत (एक स्वर्ण, एक रजत), रिकिला भोटिया (एक काँस्य), अतिक्षा प्रधान (२ स्वर्ण) रहेका छन्। सिक्किमको टोली सिक्किम स्ट्रेन्थ लिफ्टिङ एसोसिएशनका प्रमुख प्रशिक्षक पेमा दोर्जी भोटियाको नेतत्वमा हैदरावाद गएको थिए।

१०औं विश्व स्ट्रेन्थलिफ्टिङ इनक्लाइन बेञ्चप्रेस च्याम्पियनशीपमा आयोजक देश भारतलगायत १३ वटा देशका खेलाड़ीहरूले सहभागिता जनाएको थियो जसमा नेपाल, श्रीलङ्का, इरान, यमन, भुटान, अफगानिस्तान, बङ्ग्लादेश, इराक, यूएसए, सुडान, साउदी अरब र कजाकिस्तान रहेको छ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *